IME Life

चुक्ता पुंजी बढाउने कसरतमा नेपाल इन्स्योरेन्सले शतप्रतिशत सगै फेरि प्रस्ताव गर्याे ६५ प्रतिशत हकप्रद

SPIL
Sanima Reliance

काठमाडौँ चैत २२: बैशाख ५ गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्न लागेको नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद जारी नहुँदै फेरि थप ६५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद र बोनसपश्चात कायम हुने चुक्ता पूँजी ६१ करोड ७६ लाखको ६५ प्रतिशत हकप्रद जारी गर्ने जनाएकाे हाे ।

कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले थप ६५ प्रतिशत हकप्रद विक्री गरेर बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्ने निर्णय गरेको हो ।

Crest
Meta Holidays

सोही बैठकले आगामी बैशाख २१ गते इन्स्यारेन्सको ६९ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभाका लागि कम्पनीले बैशाख ७ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । यसअनुसार बैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले शतप्रतिशत हकप्रदले समेत पाउने गरि प्रस्ताव गरेको २.२६ प्रतिशत बोनस प्राप्त गर्न र सभामा सहभागि हुन पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ रहेको छ । कम्पनीले बैशाख ५ गतेदेखि जारी गर्ने एक बराबर एक अनुपातको हकप्रद र प्रस्तावित एक करोड ३६ लाख ६१ हजार बोनस पूँजीकरण गर्दा कम्पनीको चुक्ता पूँजी ६१ करोड ७६ लाख ३८ हजार पुग्नेछ ।

यहि पूँजीको ६५ प्रतिशत हकप्रद जारी गरेर कम्पनीले बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई कायम गर्न दिएको चुक्ता पूँजी कायम गर्न लागेको हो । कम्पनीको सेयरमूल्य बुधबार प्रतिकित्ता ८५० रुपैयाँमा कारोबार भएको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x