IME Life

पहाडी जिल्ला बागलुङमा पनि “स्वास्थ्य बिमा कार्यक्रम” प्रभावकारी बन्दै, २३ हजारले गरे बिमा

SPIL
NIC ASIA

बागलुङ फाल्गुन २९ । बागलुङमा पनि स्वास्थ्य बिमा प्रभावकारी रुपमा अघि बढेको छ । जिल्लमा २३ हजार ५ सय भन्दा बढिले स्वास्थ्य बिमा गराएका छन । बिमा गराएका मध्ये अहिलेसम्म १४ हजार १ सय भन्दा बढिले बिमा बापतको उपचार सेवा पनि लिइसकेका छन् ।

जिल्लामा बिमा कार्यक्रममा सहभागी गराउनको लागि ५५ जना खटाईएको छ । भने संचालन गरिएको स्वास्थ्य बिमा कार्यक्रमले स्थानीयलाई उपचारमा सहज भएको छ । स्वास्थ्य बिमाबाट विमित परिवारलाई ५० हजार रुपैयाँको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भए पछि स्थानीय बिमा कार्यक्रममा सहभागी भएका छन् ।

Prabhu
Crest

जिल्लामा बिमा कार्यक्रम लागु भए सँगै न्यून रकम तिरेर बिमाबाट उपचार गर्न पाएपछि स्थानीयलाई निकै राहात पुग्नुका साथै बिमा गर्नेको संख्यामा पनि वृद्धि भएको छ । आर्थिक अवस्था कमजोर भएका परिवारहरुले बिमाबाट उपचार गर्न पाउदा निकै खुशी व्यक्त गरेका छन ।

हालसम्म धौलागिरी अञ्चल अस्पतालमा ५० देखी ६० जना विमित सदस्यले सेवा लिने गरेका छन् । स्वास्थ्य बिमा गरेका बिरामीका लागि बागलुङमा बुर्तिबाङ, गल्कोट, कुश्मीसेरा प्राथमिक केन्द्र र धौलागिरी अञ्चल अस्पताल बागलुङ प्रथम सेवा विन्दुको रुपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको छ ।

मुलुक र विस्तार गर्ने योजना भएतापनि पहिलो चरणमा स्वास्थ्य मन्त्रालय पहिलो चरणमा बागलुङ सहित कैलाली, ईलामलगायतका जिल्लामा सञ्चालन गरिरहेको छ । यसमा पाँच जनाको परिवारले २५ सय रुपैयाँ तिरेमा एक वर्ष सम्मका लागि ५० हजार रुपैयाँ सम्मको उपचारका लागि रकम तिर्न नपर्ने र परिवारमा थप संख्या भए १ जना बराबर ४ सय २५ रुपैयाँ थप गर्नुपर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS