IME Life

किन छोडे लक्ष्मण रिसालले एनआईसी एशिया बैंक ?

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएका छन् । २ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले नयाँ सिईओ खोजी गर्न थालेको सुइँको पाएपछि रिसालले आफ्नो कार्यकाल सकिन दुई महिनाअघि नै राजीनामा दिएका छन्, सामान्यता प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षे हुने गरे पनि एनआईसी एशिया बैंकले लक्ष्मण रिसाललाई २ वर्षको लागि मात्र प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत र बैंक सञ्चालक समितिका बिचमा कार्यगत अन्तरका कारण दूरी बढेको थियो । प्रमुख कार्यकारी अधिकृतहरुको संस्था बैंकर्स संघले केही समय अघि मात्र मुद्धतीको व्याजदर ११ र साधारण बचतको व्याजदर ८ प्रतिशतभन्दा माथि नलैजाने निर्णय गरेको थियो । त्यसै बखत एनआईसी एशियाले साधारण बचत १० प्रतिशतमा उकालेको व्याजदर बैंकर्स संघको निर्णय कार्यनयन गर्दै एक साता पनि नहुदै ८ प्रतिशतमा फर्किएको थियो । यो निर्णयबाट बैंक सञ्चालक समिति र रिसालका बिचमा दुरी बढेको बताइन्छ ।

Prabhu
Crest

रिसाल शुक्रबारदेखि विदामा बसेको बैंकका प्रमुख सूचना अधिकृत सुधीर पाण्डेले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल आज दखि विदामा बसेको जानकारी बैंक ले दिएको छ ।

रिसालले बुधबार बैंक सञ्चालक समितिको अध्यक्ष तुलसीराम अग्रवाललाई राजीनामा बुझाएका छन् । उनले विहीबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएपनि बैंकका उच्च व्यवस्थापन समूहलाई बैंकमा बोलाई आफ्नो कार्यकाल सकिन लागेको र शुक्रबारदेखि विदामा बस्ने जनाकारी गराएका हुन् ।

जेठको पहिला सातादेखि उनको दुई वर्षे कार्यकाल पूरा हुँदैछ । थप कार्यकालको लागि पुन नियुक्ती गर्ने अवस्थामा कार्यकाल सकिनुभन्दा तीन महिनाअघि नै जानकारी दिने अभ्यास छ । दुई महिना बाँकी हुँदा पनि समय थप गर्ने बारेमा जानकारी नपाएपछि र सञ्चालक समितिले नयाँ सीईओको खोजी थालेको संकेत पाएपछि रिसालले राजीनामा गरेको स्रोतले बतायो ।

बिहीबार भने बैंकले बैंकर्स संघको ११ प्रतिशत ननाघ्ने निर्णयलाई चुनौती दिदै बैंकले बिहीबारबाट लागुहुने गरि बचतमा १० र मुद्दतिमा १२ प्रतिशत ब्याज दर पुर्याएको छ। अब बैंकर्स संघ र एनआईसी एशिया बैंक को सम्बन्ध कसरि अगाडी बढ्छ हेर्न बाँकि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS