Connect IPS
IME Life

इतिहास रच्यो एनआइसी एसिया क्यापिटलले बन्यो सबैभन्दा छिटो आइपिओ बाँडफाँड गर्ने निष्कासन तथा बिक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ। सेन्ट्रलाइज्ड आस्वा (सी-आस्वा) सुरु भएसँगै सेयर बाँडफाँड प्रक्रिया केही दिनमानै सम्भब हुन थालेको छ । सोमबार निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिन भित्र नै बाँडफाँड गराएर सिडिएससीले नयाँ अध्यायको सुरु गरेको हो ।

एनआइसी एसिया क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक आरम्भ माइक्रो फाइनान्सको आइपिओ शेयर बिक्री बन्दभएको जम्मा ३७ घण्टामा  बाँडफाँड गर्न क्यापिटल सफल भएको छ, यो कार्य सगै नेपालको इतिहासमा पहिलो पटक सबै भन्दा छिटो आइपिओ शेयर  बाँडफाँड गर्ने क्यापिटलको रुपमा एन आइसी एसिया क्यापिटलले आफ्नो नाम राख्न सफल भएको छ।

Prabhu
Crest

सामान्यतया १ देखि ३ महिना सम्म लाग्ने आइपिओ निष्कासन प्रक्रिया कसरी छिट्टै सम्भव भयो त भन्ने बिषयमा इन्स्योरेन्स खबरसँग कुरा गर्दै एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी झनक राज ढुँगेलले भने ‘सिडिएससी ले पछिल्लो पटक बिकाश गरेको सी-आस्वा प्रबिधि र एनआइसी एसिया क्यापिटलको प्रबिधिमैत्री सोच नै सफलताको कारक हो ‘ अब हुने कुनै पनि सार्वजनिक निष्काशनमा अहिलेको जस्तै छिटो छरितो सेवा दिन क्यापिटल प्रतिबद्ध रहेको जानकरी पनि ढुँगेलले दिनु भयो ।

एनआईसी एशिया क्यापिटल पुँजी बजारमा पछिल्लो समयमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ भने पछिल्लो पटक क्यापिटलले निः शूल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता सञ्चालन निः शूल्क गरी नेपाली पुजी बजारको बिकाशको लागी नया ढंगले अगाडी बढ्दै क्यापिटलको रुपमा आफुलाई चिनाउन सफल भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS