Prabhu Life Ad Final

सेन्ट्रलाइज्ड आस्वा सुरु भएसँगै प्राथमिक सेयर निस्कासनमा युगान्तकारी परिबर्तन

IME PAY
IME Life

काठमाडाैँ फाल्गुन २३ । सेन्ट्रलाइज्ड आस्वा सुरु भएसँगै केन्द्रिय निक्षेप प्रणालीले सेयर निष्काशन बन्द भएको केही दिनमा नै सेयर बाँडफाँड गराउन थालेको छ । सोमबार निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा बाँडफाँड गराएर सिडिएससीले नयाँ अध्यायको सुरु गरेको हो ।

सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताका अनुसार अहिले आरम्भ माइक्रोफाइनान्सको सेयर बाँडफाँड भैरहेको छ । पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा सेयर बाँडफाँड भैरहेको बताउँदै उनले केही बेरमा अन्तिम नतिजा बाहिर आउने बताए । प्रमुख कार्यकारी अधिकृत गुप्ताले भने, ‘हामीले गर्न खाजेको नयाँ कामले सफलता पाएको छ । अब हुने कुनै पनि सार्वजनिक निष्काशन ढिलोमा एक सताभित्रमा सेयर बाँडफाँड हुन्छ । नत्र २ दिनमा सबै निक्षेप सदस्यले सेयर बाँडफाँड गर्न सक्छन् ।’

 

आरम्भ माइक्रोफाइनान्सले फागुन २१ गतेसम्म निष्काशन गरेको साधारण सेयरमा ७ गुणा बढी आवेदकले सेयर माग गरेका थिए । कुल एक लाख ८९ हजार जनाले एक अर्ब २१ करोड रुपैयाँको सेयर माग गरेको लघुवित्तको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ । आवेदक संख्या एक लाख ८९ हजार पुगेकाले प्रत्येक सात जनामा एक जना अर्थात १४ प्रतिशतले मात्र लघुवित्तको सेयर प्राप्त गर्ने छन् । जस अनुसार गोलाप्रथाबाट १० कित्ताका दरले २७ हजार ४८ जनाले मात्र सेयर प्राप्त गर्नेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS