IME Life

निर्जिवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स ५३ करोड भन्दा बढी घाटामा

SPIL
Sanima Reliance

काठमाडौँ फाल्गुन १८ । सेयर बजारमा सूचीकृत नरहेको निर्जिवन बीमा कम्पनी नेशनल इन्स्योरेन्सले चालू आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ५३ करोड ५८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।निर्जिवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड भारतको नेशनल इन्स्योरेन्स कम्पनीको शाखाको रुपमा नेपालमा निर्जिवन बीमा ब्यबसाय संचालन गर्दै आएको छ ।

पुस मसान्तसम्ममा महिनाको अवधिमा एक अर्ब ६० करोड २५ लाख रुपैयाँ कुल आय गरेको बीमा कम्पनीले खर्च दुई अर्ब १३ करोड ४८ लाख पुगेपश्चात कम्पनी नोक्सनीमा पुगेको हो । बीमा कोषमा ८३ करोड २३ लाख सञ्चित राखेको कम्पनीको जगेडा कोष एक अर्ब नौं करोड १४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

Crest
Meta Holidays

यस अवधिमा कम्पनीले ४४ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने ५० करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अब कम्पनीले एक हजार ४८७ संख्यामा परेको एक अर्ब १८ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको देखिन्छ ।

कुल बीमा लेख खंख्या १५ हजार ४९६ रहेको कम्पनीको नविकरण गरिएको बीमालेखको संख्या ९ हजार ६०३ रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x