GBIME
IME Life

बीमा ऐन अर्थमन्त्रालयको उच्च प्राथमिकतामा, बैशाखमा संसद पठाउने तयारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं फाल्गुन १६ । अर्थमन्त्रालयले बीमा ऐनलाई उच्च प्राथमिकतासहित अघि बढाएको छ । बीमा समितिले तयार पारेको नयाँ बीमा ऐनको मस्यौदामा अर्थ मन्त्रालयले राय दिएर कानुन मन्त्रालय हुँदै पुनः बीमा समितिमा फर्किएको छ ।

हाल बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँको नेतृत्वमा समिति समिति गठन गरेर थप छलफल भैरहेको छ ।‘बीमा ऐन हाम्रो पहिलो प्राथमिकतामा छ, बैशाख भित्र संसदमा पठाउने तयारी छ’, अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले भने । २०४९ सालमा बीमा ऐन आएपछि हालसम्म संसोधन भएको छैन् । समितिले पुरानो ऐनलाई विस्थापन गर्ने योजनासहित नयाँ बीमा ऐनको मस्यौदा तयार पारेको थियो ।

SKYWELL
Crest

ऐनमा बीमा कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख बढीमा ८ वर्ष (दुई कार्यकाल) मात्र बस्न पाउने, व्यवस्थापनको सिलसिलामा कुनै पनि गल्ति भएमा कार्यकारी प्रमुखले जिम्मेवारी लिुनपर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित ऐनमा नै कम्पनीको अध्यक्ष, सञ्चालक, कार्यकारी प्रमुख, कप्लाइन्स मेनेजरका योग्यता, सूचना अधिकृतको जिम्मेवारी तोकिएको छ ।

नयाँ बीमा ऐनले नेपालको बीमा क्षेत्रको विकासमा ठुलो योगदान दिने पाण्डेले बताए । बीमा समितिको सञ्चालक समेत रहेका पाण्डेले समितिलाई अधिक स्वायत्ततासहित शसक्त नियामक निकायका रुपमा स्थापित हुनेगरि ऐनको मस्यौदा तयार भएको पनि बताए ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS