Prabhu Life Ad Final

आजदेखि नेपाल टेलिकमका प्रीपेड ग्राहकलाई निर्ब्याजी ऋण, ब्यालेन्स नभएर फोन काटिने समस्या टर्यो

IME PAY

काठमाडौं । नेपाल टेलिकमले आज(शुक्रबार)देखि  प्रीपेड ग्राहकहरुलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ । टेलिकमले आज बिशेष कार्यक्रम मार्फत प्रीपेड ग्राहकहरुलाई बिना ब्याज ऋण उपलब्ध गराउन लागेको हो ।

तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो ।

NCHL

अब टेलिकमको प्रीपेड मोबाइल उपयोग गर्नेहरुले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ती पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ । उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर सेवा शुल्क भने असुल्ने छैन् ।

शुक्रबार बिहान सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गर्ने कार्यक्रम तय भएको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x