IME Life

बुटवल पावरको एफपीओ बाडफाँट: एफपीओको मूल्य भन्दा, बजार मूल्य ३३ रुपैंयाँ कम

SPIL
Sanima Reliance

काठमाडौं । बुटवल पावर कम्पनीको एफपीओ बाडफाँट भएको छ । बुधबार बुटवल पावर कम्पनीकै कार्यालयमा बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले एफपीओ बाडफाँट गरेको हो । कुल जारी गरिएको एफपीओ सबै बिक्रि नभएपछि आवेदकले सबैले सेयर पाएका छन भने नबिकेको कित्ता अण्डरराइटरले खरिद गरेका छन् । कम्पनीले माघ १५ गते प्रतिकित्ता ५०१ रुपैंयाँमा ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो ।

Crest
Meta Holidays

२८ लाख ५९ हजार एक सय ७० कित्ता एफपीओका लागि ८४ हजार ८ सय ४ जनाको आवेदन सदर भएको थियो । ती सबैले सेयर पाएका छन् । बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अण्डर राइटरले खरिद गरेका छन् । ५०१ रुपैंयाँ एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको सेयर मूल्य भने ४६८ रुपैंयाँमा झरिसकेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x