Prabhu Life Ad Final

नेपाल लाइफको ७०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, नेपाल लाइफ अब सर्बाधिक चुक्ता पुजीको बिमा कम्पनी

IME PAY
IME Life
नेपाल लाइफ इन्सुरेन्सको ७०.५३% लाभांश सुरक्षित गर्ने मंगलबार (चैत १३) अन्तिम दिन हो । चैत २८ मा साधारण सभा भर्न कम्पनीले बुधबार (चैत १४) देखि साधारणसभा हुने दिन सम्म बुक क्लोज गर्दैछ । यसआधारमा ४२% बोनस र २८.५३% नगद लाभांश सुरक्षित गर्न मंगलबार नै सेयरधनी बनिसक्नुपर्नेछ । साधारण सभा चैत २८ गते होटल भिष्वा, वीरगञ्जमा बिहान ९.३० बजे सुरु हुनेछ ।
सभामा नेपाल लाइफले ४२% बोनस सेयर वितरण गर्ने विषेश प्रस्ताव लैजानेछ । यसैगरी, २८.५३% नगद लाभांश वितरण गर्नै अर्कौ प्रस्ताव एजेन्डा बन्नेछ । कम्पनीले १ अर्ब ३० करोड ५ लाख रुपैयाँ बोनस वितरण र ८८ करोड ३२ लाख ९७ हजार रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ ।
नेपाल लाइफले हाल कायम संस्थापक तथा साधारण सेयरधनीको सेयर संरचनालाई परिर्वतन गर्ने अर्को विशेष प्रस्ताव पनि लैजाने भएको छ । जस अनुसार संस्थापक सेयरधनीको १०% हिस्सा सेयर साधारण सेयरमा परिणत गरिनेछ ।
हाल कम्पनीमा संस्थापकको ७०% र साधारण सेयरधनीको ३०% सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६०% र सर्वसाधारणको ४०% कायम गर्न लागिएको हो । कम्पनीको अधिकृत पुँजी वृद्धि गरेर ८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि साधारण सभामा पेश गरिदैछ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS