काठमाडौं – आक्रामक बजारीकरणमा लागेको युनियन लाइफ इन्स्योरेन्स, बिमा ब्यबसायका नया-नया सम्भावनाको खोजिमा पनि उत्तिकै सक्रिय रहेको पाइएको छ, इन्स्योरेन्स क्षेत्रमा विश्व बजारमा पछिल्लो पटक प्रचलनमा रहेको बैंकान्सुरेन्स सम्झौतामा पनि युनियन लाइफ इन्स्योरेन्सले आफ्नो सक्रिय उपस्थिति देखाउन थालेको छ ।
पछिल्लो पटक युनियन लाइफ इन्स्योरेन्स लिमिटेड र कुमारी बैंक लिमिटेडबीच बैंकान्सुरेन्स सम्झौता भएको सम्पन्न भएको छ। उक्त सम्झौतापत्रमा बैंकको बाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिना र इन्स्योरेन्सका तर्फ़ बाट युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरेका छन्। यस भन्दा अगाडी पनि युनियन लाइफ इन्स्योरेन्सले जनता बैंक र मुक्तिनाथ बिकाश बैंकसग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ ।
युनियन लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले नेपाली बिमा क्षेत्रमा योजनाबद्ध र बृहत सोच सहित नयाँनयाँ जीवन बिमा योजनाहरु ल्याउने गरेको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले कुमारी बैंकबाट आफ्ना जीवन बिमालेखहरु बिक्री गर्नुका साथै कुमारी बैंकको शाखा सञ्जाल प्रयोग गरि देशभर बिमाको पहुँच विस्तार गर्ने जनाएको छ । इन्स्योरेन्सले हाल ६ प्रकारका जीवन बिमा योजना बिक्री गरिरहेको छ, भने छिटो छरितो र सरल सेवा सुबिधानै यूनियन लाईफ इन्स्योरेन्सको फरक पहिचान र ग्राहकले बिश्वाश गर्ने आधार रहेको जानकारी कम्पनीले जनाएको छ ।