IME Life

राष्ट्र बैंकमा खूल्यो जागिर खाने अवसर अनलार्इन बाटै गर्न सकिन्छ अावेदन

SPIL
Sanima Reliance

काठमाडौँ फाल्गुन ११ । नेपालमा जागिर मध्ये एकदमै आर्कषक जागिर मानिने नेपाल राष्ट्र बैंकमा ठूलो संख्यामा कर्मचारीकाे अभाव भएकाे छ । सो अभाव पूर्ति गर्न केन्द्रीय बैंकले विभिन्न पदमा गरि एकैपटक कूल एक सय ५१ जना जनशक्ति माग गरेको छ । यसै पनि अन्य स्थानमा भन्दा यस स्थानमा पाइने सेवा सुविधा र वैदेशिक भ्रमणकाे अवसरले नलाेभिने कमै हुने गर्दछन् । राष्ट्र बैंकको कर्मचारी ऋण सुबिधा, भत्ता तथा अन्य अवसरले गर्दा राष्ट्र बैंकको जागिर नेपालमा अन्य जागिरको तुलनामा आर्कषक जागिर मानिन्छ ।

राष्ट्र बैंकको जनशक्ति व्यबस्थापन विभागले बिहीवार एक सूचना प्रकाशित गरी सहायक निर्देशक पदमा अधिकृत तृतीय श्रेणीतर्फ प्रशासन सेवामा ४५ जना, सहायक पदमा सहायक द्वितीय श्रेणीतर्फ प्रशासन सेवामा ९६ जना र सहायक पदमा नै सूचना प्रविधि श्रेणीतर्फ प्राविधिक सेवामा १० जनागरी कूल एक सय ५१ जनाको लागि दरखास्त आह्वान गरेको हो ।

Crest
Meta Holidays

अावेदन गर्न बैंककाे वेभसाइट www.nrb.org.np मा गएर Career @ NRB भित्र गर्इ त्यहाँ राखिएकाे निर्देशन अनुसार भर्न सकिने राष्ट्र बैंकले जनाएकाे छ । अनलाइन दरखास्त फाराम फागुन ११ गतेदेखि चैत्र १ गतेसम्म अनलार्इन अावेदन बुझाउन सकिने राष्ट्र बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर चैत्र ८ गतेसम्म बुझाउन सकिने केन्द्रीय बैंकले जनाएको छ । अनलार्इन अावेदन गर्न सक्ने सुबिधा सहित राष्ट्र बैंकले जनशक्ति माग गरेको यो पहिलो पटक हो !

सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वा व्यवस्थापन वा बाणिज्यशास्त्र, वा जनप्रशासन विषयमा स्नातकोत्तर सरह परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ । सहायक प्रशासन पदका लागि दश जोड दुई वा सो सरहको परिक्षा उत्तिर्ण हुनुपर्ने मापदण्ड छ ।

सहायक सूचना प्राविधि पदका लागि कम्युटर इलेक्ट्रोनिक्स् हार्डवेयर इन्जिनियरिङ्ग विषयमा तीन बर्षे डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x