IME Life

आइएमई लाइफले पारित गर्यो ६० करोडको आइपीओ जारी गर्ने प्रस्ताव

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्व साधारणलाई सेयर (आइपीओ ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको पहिलो बार्षिक साधारण सभाले सर्वसाधरण लगानीकर्तालाई ३० प्रतिशतले हुन आउने ६० करोडको आइपीओ जारी गर्ने भएको हो ।

Meta Holidays
Crest

२ अर्ब चुक्तापूँजी रहेको कम्पनीले संस्थापक समूहको ७० र सर्वसाधारण समूहको ३० प्रतिशत लगानी संरचना बनाउने गरी आइपीओ जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । १ अर्ब ४० करोड चुक्तापुँजी र ३ अर्ब अधिकृत पुँजी सहित गत असार २० गते बीमा समितिबाट अनुमति पाएको कम्पनी गत भदौ १ गतेदेखि सञ्चालनमा आएको थियो । आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीमा आईएमई समूह र सोसँग आबद्ध व्यक्ति तथा संस्थाको ४० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ ।
साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले प्रधान कार्यालय सहित देशभर ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आएको र सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको जानकारी दिए ।

कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी अर्यालले बताए ।

उक्त वार्षिक साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिप चन्द्र रेग्मी,संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनी कुमार ठाकुरलाई निर्वाचित गरेको छ । त्यसपश्चात बसेको संचालक समितिको वैठकले डा. रामहरि अर्याललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS