GBIME
IME Life

बीमा समितिले सुपरिवेक्षकीय दायरा फराकिलो पार्दै, वित्तीय संस्थाजस्तै आय ब्यय अनिवार्य

SPIL
NIC ASIA new
Sanima Reliance
काठमाडौं। बीमा कम्पनीले त्रैमासिक र वार्षिक वित्तीय विवरणसँगै आफ्नो आय र व्ययको अनुपात पनि नियामनकारी निकाय बीमा समितिमा पेश गर्नुपर्ने भएको छ। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको विवरणसँगको तुलनात्मक स्थिती नियामकलाई पेश गर्नुपर्ने भएको हो।
बीमा समितिको वित्तीय विश्लेषण शाखाले वासलातमा उल्लेखित विवरणका अतिरिक्त वित्तीय सूचकका प्रगति विवरण पनि पेश गर्न निर्देशन दिएको हो। समितिले दिएको निर्देशनअनुसार बीमा कम्पनीहरुले यही आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण पेश गर्दा नै कार्यान्वयन गर्नुपर्नेछ।
चालु आर्थिक वर्षको कूल बीमा शूल्क आर्जन र गत आर्थिक वर्षको कूल बीमा शूल्क आर्जनको अनुपात समितिसमक्ष पेश गर्नुपर्नेछ। त्यसैगरि बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा गरेका लगानी र त्यसको प्रतिफलको अनुपात पनि समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस्तै पुँजी र खुद जम्मा सम्पत्तिको अनुपात पनि समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी अनुपात हिसाब गर्दा खूद जम्मा सम्पत्तिभित्र दीर्घकमालीन सम्पत्ति र चालु सम्पत्तिबाट समायोजनका लागि गरिएको व्यवस्थालाई घटाउनु पर्नेछ। यसैगरि खुद बीमा शूल्क आर्जन र पुँजी अनुपातको विवरण पनि पठाउनु पर्ने व्यवस्था गरिएको छ।
चुक्ता पुँजी र जगेडा तथा कोषबाट स्थगन कर जगेडा, अपलेखन हुन बाँकी विविध खर्च र नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान घटाउनुपर्नेछ। यस्तै सूचीकृत सेयरमा भएको लगानी र त्यसको प्रतिफलको अनुपात पनि बीमा समितिसमक्ष पेश गर्नुपर्नेछ।
जीवन बीमा कम्पनीहरुले वित्तीय विवरणसँगै अनुसूची थप गरेर अघिल्लो आर्थिक वर्षको सोही अवधिमा प्राप्त पहिलो बीमा शूल्क र चालु आर्थिक वर्षमा संकलित पहिलो बीमा शूल्कको अनुपात पनि समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। यस्तै जीवन बीमा कम्पनीले अभिकर्ता अन्य प्रयोजनका लागि गर्ने खर्च र त्यसको पुँजी अनुपात पनि समितसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।
बीमा कम्पनीले प्रचार प्रसारमा लाग्ने खर्च र त्यसको वार्षिक अनुपात पनि समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरेको छ। बीमा कम्पनीहरुले कूल खर्चको २० प्रतिशत रकम प्रचार प्रसारमा खर्च गर्न पाउने व्यवस्था छ। यस्तै बीमा कम्पनीको कूल व्यवस्थापन खर्च र त्यससँग पुँजीको अनुपात पनि खुलाउनु पर्ने व्यवस्था गरिएको छ।
बीमा समितिले सुपरीवेक्षणलाई प्रभावकारी बनाउन र वित्तीय विवरणलाई थप पारदर्शी बनाउन नयाँ व्यवस्था गरिएको जनाएको छ। ‘हाम्रो सुपरीवेक्षणलाई अझ प्रभावकारी बनाउन यो व्यवस्था गरिएको हो। यो व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारण लगानीकर्ता र बिमितले आफू संलग्न रहेको कम्पनीको बारेमा विस्तृत जानकारी पाउन सक्छन्,’ समितिका एक अधिकारीले भने।
बैंक तथा वित्तीय संस्थाहरुले जस्तै बीमा कम्पनीहरुले पनि त्रैमासिक वित्तीय विवरण समितिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। यसरी प्रस्तुत गरिएको वासलातमा अनुपात उल्लेख गर्नुपर्ने व्यवस्था थिएन।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS