IME Life

शाखा विस्तार गर्दै युनियन लाइफ इन्स्योरेन्स देशव्यापी रूपमा ४० ओटा शाखा खोल्ने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

भैरहवा, १३ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८, भैरहवामा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रजिष्टर्ड कार्यालयको शुभारम्भ गरिएको छ । कार्यालयको एक कार्यक्रमका बीच कम्पनीका अध्यक्ष सुलभ अग्रवाल, डाइरेक्टरद्धय शेखर गोल्छा र सन्दीप कुमार अग्रवालले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

शुभारम्भ कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णको पनि उपस्थिीति रहेको थियो । शुभारम्भकै दिन करिब २० लाख प्रिमियम संकलन गरिएको कम्पनीले जनाएको छ ।

Crest

कार्यालय शुभारम्भ पश्चात कम्पनीले नयाँ अभिकर्ताहरुको लागि तालिमको समेत आयोजना गरेको थियो । गत असार २० गते जीवन बीमा कारोबार गर्न इजाजत पाइ असोज ४ गते देखि नियमित कारोबार सुरु गरेको कम्पनीले भैरहवामा अभिकर्ताहरुको लागि तालिमको आयोजना गरेको कम्पनी रजिष्टर्ड कार्यालय भैरहवाका प्रमुख धिरज कुमार मल्लिकले बताए । तालिममा सहभागीहरुलाई बीमा अभिकर्ताले पालना गर्नुपर्ने कुराहरु, बीमा अभिकर्ताले गर्न नहुने कुराहरु, जीवन बीमा सम्बन्धि आधारभुत कुराहरु लगायतको बारेमा प्रशिक्षण दिइएको मल्लिकले जानकारी दिए ।

कम्पनीको अधिकृत पूँजी रु.२ अर्ब १५ करोड रहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीका मार्केटिङ प्रमुख कोषराज सुवेदीले जानकारी दिए । यो वर्ष मात्र देशव्यापी रूपमा ४० ओटा शाखा खोल्ने सुवेदीले जानकारी दिए । “बीमा समितिबाट प्राय : शाखा खोल्न अनुमति समेत पाइसकेका छौं र अब धमाधम शाखा विस्तार गर्नेछौं, उनले भने ।”

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS