IME Life New
GBIME

स्मार्ट टेलिकमको फोर-जी सेवा सुरू हुदै.

SPIL
NLIC

११ कात्तिक, काठमाडौं । स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरू गर्ने भएको छ । स्मार्टले आफ्ना ग्राहकलाई आइतबार (१२ कात्तिक) देखि फोरजी सेवा उपलब्ध गराउन सबै प्राविधिक तयारी सकिएको जनाएको छ ।

कम्पनीका प्रमुख प्रशासकीय अधिकृत सजिनराज राजभण्डारीले पहिलो चरणमा काठमाडौं र पोखरामा फोरजी सेवा दिन लागिएको जानकारी दिए । यसपछि क्रमशः देशका अन्य शहरमा पनि सेवा विस्तार गरिने उनले बताए ।

Crest

अहिले परीक्षणका रुपमा सुरु हुन लागेको सेवालाई केही समयभित्रै व्यवसायिक रुपमा लागू गर्ने जानकारी कम्पनीले दिएको छ । केही समयपछि चितवन, वरीरगञ्ज र नेपालगञ्जमा पनि फोरजी सेवा पुर्‍याइने राजभण्डारीले बताए । फोर-जीको सुरुवातका अवसरमा विभिन्न डाटा योजना पनि ल्याइएको छ ।

गत जेठमा नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको थियो । स्मार्ट टेलिकमसँग १ हजार ८ सय मेगाहर्ज ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । यसमध्ये ५ मेगाहर्जलाई उसले फोर-जीमा उपयोग गर्न लागेको हो ।

प्राधिकरणले यथासम्भव नेपालभर सेवा संचालन गर्नुपर्ने, प्रत्येक ३ महिनामा कार्यप्रगति प्राधिकरणमा पेश गर्नुपर्ने, क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय-समयमा दिइने निर्देशन पालना गर्नुपर्ने शर्तसहित लाइसेन्स दिएको थियो ।

नेपाल टेलिकम र एनसेल ले यसअघि नै फोरजी सेवा सञ्चालनमा ल्याइसकेको छन् । संशोधन गरिएको दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा मूल्यसम्बन्धी) नीतिले पुरानै ब्यान्डको फ्रिक्वेन्सीमा नयाँ सेवा सुरु गर्न पाइने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार स्मार्टले प्रविधिगत तटस्थता (टेक्नोलोजी न्युट्रल) गरी पहिले नै पाएको १ हजार ८ सय मेगाहर्ज ब्यान्ड फ्रिक्वेन्सीमा फोरजी चलाउन अनुमति पाएको हो । नेपाल टेलिकम र एनसेलले पनि टेक्नोलोजी न्युट्रालिटीमा फोरजी लाइसेन्स पाएका थिए ।

के हो फोरजी ?

फोरजी भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो!

पछिल्लो प्रबिधि भएको हुनाले स्वभाविकरुपमा फोरजी थ्रीजीभन्दा तिब्र गतिको हुन्छ । आइटियूको मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । बिभिन्न देशमा टेलिकम कम्पनीहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् । नेपाल टेलिकमले भने ३० एमबीपीएसमा फोरजी चलाइरहेको छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS