पछिल्ला केही दिनहरूमा नेपाल टेलिकमले थामेको सेयर बजारको वृद्धि कायम हुन नसकेपछि बुधबार दोहोरो अंकले घटेको छ । कारोबार सुरूभएदेखि नै घटेको बजार अन्तिम समयमा आएर १३ दशमलव ९२ अंकले ओरालो लागेर नेप्से परिसूचक १५५३.७२ अंकमा बन्द भएको हो।
सेयर सेयर बजारमा सबैभन्दा बढी कारोबार हुने क बर्गका सबैभन्दा बढी कारोबार हुने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९७ प्रतिशतले घटेर ३२७.०२ अंकमा बन्द भएको छ । बुधबारको बजारमा १५९ कम्पनीका १४ लाख ४७ हजार २७१ कित्ता सेयर ४७ करोड १० लाख २७ हजार रुपैयाँमा खरिद बिक्रि भएका छन् ।
कारोबारमा आएका नौ उपसमूहमध्ये सात समूह घटेका छन् भने होटल्स् ३१ दशमलव ३५ अंक र व्यापर समूह भने ११ दशमलव ७३ अंकले उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा ११ करोड रुपैयाँले वृद्धि भएको छ ।
फाइनान्स समूह ५ दशमलव २९ अंकले ओरालो लाग्दा बाणिज्य बैंक, विकास बैंक,जलविद्युत्त, बीमा, उत्पादन, र अन्य समूह दोहोरो अंकले झरेका छन् । यसदिन नेपाल टेलिकमको सेयर सबैभन्दा बढी ६ करोड २६ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । बुधबार टेलिकमको सेयरमूल्य २ दशमलव ६६ प्रतिशतले घटेर प्रतिकित्ता ८४२ रुपैयाँमा बन्द भएको छ ।
राष्ट्रिय बीमा कम्पनी संस्थापक, नेपाल लाईफ इन्स्योरेन्स, कुमारी बैंक, नेपाल बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, एसबिआई बैंक र ओम डेभलपमेन्ट बैंकको संस्थापक सेयर क्रमश एक करोड बढीको कारोबार भएको छ ।
बुधबार मल्टिपर्पोज फाईनान्सको सेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ४७ प्रतिशतले बढेको छ । बिशाल बजार कम्पनी र ओरेन्टियल होटल्सकाे सेयरमूल्य पाँच प्रतिशत बढीले बढेको छ । यसदिन बरुण हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी ६ प्रतिशतले गुमाएका छन् भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र जेबिल्स् फाईनान्सको सेयरमूल्य पाँच प्रतिशत हाराहारीमा घटेको छ ।
बुधबारको समग्र बजार पूँजीकरण १८ खर्ब तीन अर्ब रुपैयाँमा समेटिएको छ ।