हालै संचालनमा आएका नौ वटा लाईफ ईन्स्योरेन्स कम्पनी मध्ये यूनियन लाईफ इन्स्योरेन्सले सबैभन्दा अगाडि सर्बसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निश्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणका लागि छट्याईएको ३० प्रतिशत अर्थात ६४ करोड रुपैयाँ बराबरको साधारण सेयर निश्काशन गर्ने भएको हो । कम्पनीको चुक्ता पूँजी हाल एक अर्ब ४० करोड रहेको छ ।
कम्पनीले ३० प्रतिशत साधारण सेयर निश्काशनको एजेण्डासहित कार्तिक १३ गते प्रथम साधारणसभा बोलाएको छ। साधारणसभामा संस्थापकहरुका तर्फबाट ४ जना संचालक निर्वाचन र अन्य कार्यसूचीहरु पनि तय गरिएका छन्।