IME Life New

हिमालयन रि इन्स्योरेन्सले ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पूनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारण सभाले थप ३ अर्ब रुपैयाँ पूँजी जुटाउनको लागी सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको हो ।

गत असार ३१ गतेबाट कारोबार शुरु गरेको हिमालयन रिको संस्थापकहरुले ७ अर्ब रुपैयाँ पूँजी लगानी गरिसकेका छन् ।अधिकृत पूँजी २१ अर्ब रुपैयाँ कायम गर्दै तत्काललाई चुक्ता पूँजी १० अर्ब कायम गर्ने निर्णयसँगै साधारण शेयर जारी गर्ने निर्णय प्रस्ताव समेत पारित गरेकाे हाे ।

Esewa
Crest

प्रथम वार्षिक प्रतिवेदनका अनुसार कम्पनीले संचालनको छोटो अवधिमा झण्डै १ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । प्रथम साधारण सभाबाट पारित आ.व. ७७/७८ को वार्षिक प्रतिवेदन अनुसार हिमालयन रिले ९४ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको छ । २०७८ असार ३१ बाट मात्र औपचारिकरुपमा पूनर्बीमा सेवा शुरु गरेको कम्पनीले गत आ.व.मा लगानी, कर्जा तथा अन्य शीर्षकबाट कूल २ करोड ३७ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ ।

असार ३१ गते कारोबार शुरु गरेको पहिलो दिनमै दुईवटा जोखिमको पूनर्बीमा गरेको कम्पनीले बीमाशुल्क वापत १ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा कम्पनीको व्यवस्थापन तथा अन्य खर्च शीर्षकमा १६ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ ।
२१ अर्ब अधिकृत, १० अर्ब जारी र ७ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको बीमाकोषमा गत असार मसान्तसम्ममा ४८ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीले आगामी आर्थिक वर्ष २०७९।८० मै ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेर चुक्ता पूँजी १० अर्ब रुपैयाँ पु¥याउने अध्यक्ष शेखर गोल्छाले घोषणा गरेका छन् ।
कम्पनीले वार्षिक प्रतिवेदन तयार पार्दाको मितिसम्ममा पूनर्बीमा शुल्कवापत १२ करोड रुपैयाँ आर्जन गरेको छ ।

कोभिड–१९ संक्रमणको कारण विदेशी पुनर्बीमकहरु समेत प्रभावित भएको अवस्थामा आगामी दिनमा यात्रा स्वास्थ्य बीमा, हवाई बीमा र ट्रेकिङ बीमा लगायतका अन्य बीमाको पूनर्बीमा सुरक्षण सुलभ नहुन सक्ने तथा पूनर्बीमा लागत समेत बढ्न सक्ने जोखिम रहेको अध्यक्ष गोल्छाले उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय स्तरका पूनर्बीमा कम्पनी र पूनर्बीमा दलालहरुसँग सहकार्यका लागी १५ विभिन्न राष्ट्रहरुबाट पूनर्बीमा प्रस्तावहरु समेत प्राप्त भइसकेको अध्यक्ष गोल्छाले जानकार दिएका छन् । उनले निकट भविष्यमा नै एशियाको मात्र नभई विश्वकै प्रमुख छनौटको पूनर्बीमा बन्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS