IME Life New

बैदेशिक रोजगारीमा जानेको संख्या घट्दा बीमाको पहुँचमा देखिएन सुधार, ७ महिनाको अवधिमा यस्ता छन् बीमाका सूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दा बीमाको पहुँच खासै बढ्न नसकेको बीमा समितले जनाएको छ। गएका वर्षमा बीमाको पहुँच आक्रामक हिसावले बढेको थियो। तर चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा भने बीमाको पहुँच जम्मा १ दशमलब ८२ प्रतिशतले मात्रै बढेको छ।

नेपालको कुल जनसंख्यामा बीमाको पहुँच २२ दशमलब ७६ प्रतिशतमा पुगेको समितिले जनाएको छ। गत आर्थिक वर्षको माघ मसान्तमा बीमाको पहुँच २० दशमलब ९४ प्रतिशत थियो। यसमा बीमा कम्पनीहरुले जारी गरेका कुल बीमालेख संख्यामा ५ प्रतिशत घटाएर साथै बैदेशिक रोजगारीमा गएका नेपालीले खरिद गरेको बीमालेख घटाइएको समितिले जनाएको छ।

Esewa
Crest

समितिका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा जीवन बीमालेख खरिद गर्नेको संख्या ६८ लाख ८१ हजार पुगेको छ। गत वर्षको यहि अवधिमा यस्तो जनसंख्या ६२ लाख ९४ हजार जना थिए। तर बैदेशिक रोजागारीमा गएका नेपालीको संख्या जोड्दा बीमाको पहुँच ७६ लाख २७ हजारमा पुगेको देखिन्छ। बैदेशिक रोजगारीमा गएका नेपालीको संख्या जोड्दा जीवन बीमाको पहुँच २५ दशमलब २३ प्रतिशतसम्म पुगेको बीमा समितिमा कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। बैदेशिक रोजगारीमा गएका नेपालीको संख्या घट्दा बीमाको पहुँच खासै बढ्न नसकेको पौडेलले बताए।

जारी बीमालेख

जीवन बीमा कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या ९.३२ प्रतशितले बृद्धि भएको छ। त्यस्तै वैदेशिक रोजागार बीमालेखको संख्या भने १२.५० प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको माघ महिनामा बैदेशिक रोजागर बीमालेख जम्मा ७ लाख ४६ हजार वटा बिक्री भएका छन्। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा यस्तो बीमालेख संख्या ८ लाख ५३ हजार वटा जारी भएको थियो। तर जीवन बीमालेखको संख्यालाई मात्रै हेर्ने हो भने ६.८३ प्रतिशतले बृद्धि भएको छ।

यसै अवधिमा निर्जीवन बीमालेखको संख्यामा ह्वात्तै घटेको छ। यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले जारी गर्ने बीमालेखको संख्या ८७ दशमलब ८२ प्रतिशतले गिरावट आएको छ।  निर्जीवन बीमा कम्पनीले माघ मसान्तसम्ममा एक लाख ७७ हजार वटा  बीमा लेख जारी गरेका छन्। जवकी गत वर्षको यहि अवधिमा निर्जीवन बीमा कम्पनीले जारी गरेको बीमालेख संख्या १४ लाख ५७ हजार वटा मात्रै थियो।

बीमा शुल्क आर्जन

संख्यामा खासै सुधार नदेखिए पनि जीवन बीमा कम्पनीहरुले ३७ दशमलब ९८ प्रतिशतले जीवन बीमा शुल्क आर्जन बढाएका छन्। माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ७४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गत वर्षको यहि अवधिमा ५४ अर्ब तीन करोड रुपैयाँ आर्जन गरेका थिए।

निर्जीवन बीमा कम्पनीहरुले भने खुद बीमा शुल्क आर्जन १२ दशमलब ४० प्रतिशतले बढाएका छन्। निर्जीवन बीमा कम्पनीले १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गत वर्षको यहि अवधिमा भने १५ अर्ब ८९ करोड रुपैयाँ आर्जन गरेका थिए।

बीमा कम्पनीहरुको कार्यालय संख्या २ दशमलब ६७ प्रतिशतले बृद्धि भएको छ। माघ मसान्तसम्ममा कम्पनीहरुको कार्यालय संख्या १० हजार ५९८ वटा पुगेको हो। माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी १५ अर्ब ९९ करोड रुपैयाँ रहेको बीमा समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS