IME Life New

दुई दशकमा साढे सात खर्ब बीमाशुल्क संकलन, औसत बीमाशुल्क वृद्धिदर ३७.४१ प्रतिशत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । जीवन तथा निर्जीवन बीमा कम्पनीले दुई दशकको अवधिमा ७ खर्ब ४८ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । दुई दशकको अवधिमा बीमाशुल्क आर्जन औसत ३७.४१ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०५८।५९ देखि २०७७।७८ को अवधिमा बीमा कम्पनीहरुले बीमा सेवावापत ७ खर्ब ४८ करोड ३४ लाख ९० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

Esewa
Crest

 

आर्थिक वर्ष २०७५।७६ सम्म १ खर्बभन्दा तल रहेको कूल बीमाशुल्क आर्जन २०७६।७७ देखि १ खर्ब रुपैयाँभन्दा माथि उक्लिएको छ । आ.व. २०७६।७७ मा १ खर्ब २० अर्ब १९ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको बीमा क्षेत्रले गत आ.व. २०७७।७८ मा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।

आर्थिक वर्ष २०७४।७५ मा १० वटा जीवन बीमा कम्पनी र ३ वटा निर्जीवन बीमा कम्पनी थपिएपछि बीमा क्षेत्रको बीमाशुल्क आम्दानी ५५ अर्ब रुपैयाँबाट ७७ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो । आ.व. २०७३।७४ मा १७.१० प्रतिशतले वृद्धि भएको बीमाशुल्क आर्जन आ.व. २०७४।७५ मा ४१.६० प्रतिशतले उकालो लागेको थियो ।

 

दुई दशकको अवधिमा आ.व. २०५८।५९ मा सबैभन्दा बढी ६२.९४ प्रतिशतले बीमाशुल्क आम्दानी वृद्धि भएको थियो । समीक्षा अवधिको पहिलो दशक अर्थात् २०५८।५९ देखि २०६७।६८ सम्ममा ८६ अर्ब २३ करोड ४० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा क्षेत्रले आ.व. २०६८।६९ देखि आ.व. २०७७।७८ को एक दशकको अवधिमा भने ६ खर्ब ६२ अर्ब ११ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुले कूल १ खर्ब २० करोड ९५ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेका थिए ।

त्यसैगरी निर्जीवन बीमा कम्पनीले ३१ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरे । गत आवमा भएको कूल बीमाशुल्क आर्जनमा जीवन बीमा क्षेत्रको योगदान झण्डै ७९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS