IME Life New

13 Life insurers announce new bonus rates, how much bonus will the insured of which company get?

SPIL
Global College
Nepal Life New

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को लागि हालसम्म १३ बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म सन नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ, हिमालयन लाइफ,नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ , एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् ।

हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि घोषणा गरेको बोनस दरका आधारमा बीमितले बोनस रकम पाउँछन् । नयाँ बोनश दर घोषित नहुँदासम्म बीमितले पछिल्लो घोषित बोनश दरकै आधारमा  दाबी भुक्तानीवापतको रकम भुक्तानी प्राप्त गर्छन् ।

Crest

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

कम्पनीले आर्थिक वर्ष २०८० /८१ को लागि न्यूनतम २३ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ। सनलाइफ सावधिक जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रति हजार ५५ रुपैयाँ, ३० र माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।

भाग्योदय जीवन बीमालेखमा ० देखि १९ वर्षसम्मका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। बाल समृद्ध जीवन बीमालेखमा ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक सुनौलो जीवन बीमामा ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि माथि वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ। सुनौलो बाल समृद्धि जीवन बीमामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ र २० देखि माथि वर्ष अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ।

नवीन आजीवन जीवन बीमा योजनामा ० देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ २० देखि २४ वर्ष अवधिका लागि पनि प्रति हजार ६२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रतिहजार ८० रुपैयाँ बोनसदर कायम गरेको छ।

१५ वर्षे सार्थक आजीवन जीवन बीमालेखको हकमा कम्पनीले सबै बीमा अवधिमा प्रतिहजार ३९ रुपैयाँ बोनसदर कायम गरेको छ। धनधान्य जीवन बीमालेखमा कम्पनीले ० देखि १९ वर्ष अवधिको लागि २३ रुपैयाँ र २० वा सो भन्दा माथिका लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनलक्ष्मी बीमा योजनामा कम्पनीले ० देखि १९ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ बोनसदर कायम गरेको छ । धनञ्जय जीवन बीमा योजनामा ० देखि १४ वर्ष अवधिका लागि २३ रुपैयाँ, २० देखि माथि वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

नव धनलक्ष्मी जीवन बीमालेखमा कम्पनीले ० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार २३ रुपैयाँ, २० देखि माथि वर्ष अवधिका लागि प्रतिहजार २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

हिमालयन लाइफ इन्स्योरेन्स

कम्पनीले न्यूनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। सावधिक योजनामा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिका लागि ६३ रुपैयाँ कायम भएको छ।

सावधिक तथा आजीवन बीमा योजनामा ९ वर्षका लागि प्रतिहजार ३६ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५७ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ। अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा १० देखि १४ वर्षका लागि प्रतिहजार ५६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ८६ रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन उपहार(अग्रिम भुक्तानी सावधिक) मा १६ वर्षमा ४८ रुपैयाँ, जीवन उपहार (सावाधिक योजनामा १५ वर्षमा ३१ रुपैयाँ बोनस दिने छ।

सावाधिकमा ९ वर्षका लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढीका लागि ७६ रुपैयाँ बोनसदर कायम गरेको छ। सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षका लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढीका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिकमा १४ वर्षका लागि प्रतिहजार ३४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ बोनसदर कायम भएको छ। वार्षिक नगद फिर्तामा १४ वर्षका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ।

सुरक्षित भविष्य जीवन बीमा योजनामा १४ वर्षका लागि १८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि २३ रुपैयाँ, २० देखि २४ वर्षका लागि २९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनसदर कायम भएको छ। ३० वर्षे जीवन रक्षक (सीमित भुक्तानी) सावाधि लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजनामा १४ वर्षका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम भएको छ।

सावाधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३९ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा (एकल) मा १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदर कायम भएको छ। सीमित भुक्तानी सावाधिक जीवन बीमा योजनामा १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षका लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७४ रुपैयाँ बोनसदर कायम भएको छ।

सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षदेखि १५ वर्ष वा सोभन्दा माथिको सबै योजनामा ५० रुपैयाँ बोनसदर कायम गरेको छ। वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षका लागि २४ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३३ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ३३ रुपैयाँ बोनसदर कायम भएको छ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजनामा ९ वर्षका लागि २४ रुपैयाँ, १० देखि १४ वर्षका लागि २४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ४१ रुपैयाँ बोनसदर कायम भएको छ। जीवन आधार जीवन बीमा योजनामा ९ वर्षदेखि १५ वर्ष सोभन्दा माथि अवधिको सबै अवधिमा ५० रुपैयाँ बोनसदर कायम भएको छ। जीवन सम्पन्न बीमा योजनाका सबै अवधि ९ वर्ष देखि १५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५३ रुपैयाँ बोनसदर दिने भएको छ। जीवन उत्थान बीमा योजनाका सबै अवधिका लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनस दिने भएको छ। बालबच्चा सावाधिक जीवन बीमा योजनामा ९ वर्षका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा योजनामा १० देखि १४ वर्षका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ र २० देखि २७ वर्ष अवधिका लागि ४० रुपैयाँ बोनसदर कायम गरिएको छ।

एशियन लाइफ इन्स्योरेन्स

कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखको बीमालेखधारक (पोलिसीहोल्डर)ले प्रतिहजार बीमांकमा ६१ देखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्। बीमितले आफू जीवित रहँदा पनि र बीमितको निधनपछि पनि बीमांकबराबरको रकम भुक्तानी दिइने (दुई पटक भुक्तानी हुने) यो बीमालेखमा एशियन लाइफको बीमितले सबैभन्दा बढी बोनश रकम प्राप्त गर्दै आएका छन्।

यसैगरी सावधिक प्रकृतिको बीमालेखमा ४५ देखि ६२ रुपैयाँ बोनसदर तय गरिएको छ। बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा दुई खाले बोनसदर घोषणा गरेको छ। हाल प्रचलनमा नरहेको बाल उच्च शिक्षा बीमालेखका लागि ४२ देखि ५० रुपैयाँ र बालबालिकासम्बन्धी अन्य पुराना र नयाँ बीमालेखको हकमा ४२ देखि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखका लागि प्रतिहजार रुपैयाँ बीमांकबराबर ५० देखि ७० रुपैयाँ बोनसदर घोषणा गरिएको छ।

एशियन साविधक प्लस, १५ वर्षे अग्रिम भुक्तानी प्लस, सुखी जीवन प्लस र वार्षिक भुक्तानी योजनाका लागि रिभर्सनरी र टर्मिनल बोनस गरी दुई थरी बोनसदरको घोषणा गरेको छ। यसअन्तर्गत टर्मिनल बोनसदर ६ रुपैयाँ र रिभर्सनरी बोनसदर ३८ देखि ५६ रुपैयाँ तोकिएको छ।

टर्मिनल बोनसबापतको रकम बीमितले कम्तीमा १० वर्षसम्म बीमालेखलाई निरन्तरता दिएको अवस्थामा मात्र प्राप्त गर्नेछन्। रिभर्सनरी बोनसबापतको रकम भने समर्पण मूल्ययोग्य बीमालेखका लागि जुनसुकै बेला पनि लागू हुनेछ।

कम्पनीको फ्युचर बोनस प्रोभिजनिङ (भावी बोनस प्रबन्ध)का कारण यस वर्ष पोहोरको भन्दा केही सावधिक बीमालेखमा बोनसदरबापतको रकम घटेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स

कम्पनीले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमालेखमा १० वर्षदेखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मको लागि ४९ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ कायम छ ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० वर्षदेखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि २७ रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ । सिटिजन शुभारम्भ योजना (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४६ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ । सिटिजन बाल भविष्य योजना (सावाधिक) बीमालेख र सिटिजन बाल भविष्य योजना प्लस (सावधिक) बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४७ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ र २५ वषदेखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ बोनसदर दिने भएको छ । सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथि योजना) मा ० देखि ९ वर्षसम्मको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४१ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४३ रुपैयाँ, २५ वषदेखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमालेखहरुमा प्रतिहजार न्यूनतम रुपैयाँ २३ देखि ७३ रुपैयाँसम्म घोषणा गरेको छ । सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष र १० देखि १४ वर्षका लागि ३३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सावाधिक तथा आजीवन बीमा योजनामा ० देखि ९ वर्ष र १० देखि १४ वर्षका लागि ३८ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४३ रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावाधिकमा ० देखि ९ वर्ष र १० देखि १४ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी (समुन्नति एनुअल) मा ० देखि ९ वर्षका लागि र १० देखि १४ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।

महालक्ष्मी सावाधिक जीवन बीमा योजनामा ५ देखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ वर्ष अवधिका लागि ४६ रुपैयाँ र १६ देखि २४ वर्षसम्म अवधिका लागि ४६ रुपैया, २५ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि पनि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

महालक्ष्मी सरल जीवन बीमा योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५५ रुपैयाँ र १६ वर्षभन्दा माथिको लागि ५५ रुपैयाँ कायम गरिएको छ ।

महालक्ष्मी हेरचाह बीमामा ५ देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँर १६ वर्षभन्दा माथिको लागि पनि ५१ रुपैयाँ कायम गरिएको छ । महालक्ष्मी बाल बचत बीमामा ५ देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ वर्षको लागि ३५ रुपैयाँ १६ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २१ वर्षको लागि ३९ रुपैयाँ र २२ वर्षभन्दा माथिको माथिको लागि ३९ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैया, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।

नेशनल लाइफ

नेशनल लाइफले विभिन्न पोलिसीमा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षसम्मको लागि र १० देखि १४ वर्षसम्मको लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्षसम्मको लागि, १० देखि १४ वर्षसम्मको र १५ देखि २० वर्षसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावधिक बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्मको लागि र १० देखि १४ वर्ष अवधिसम्मको लागि ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ देखि २९ वर्षसम्मको लागि ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

आइएमई लाइफ इन्स्योरेन्स

कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक सीमित अवधि भुक्तानी र सावधिक तथा बाल सावधिकमा ० देखि ९ वर्षसम्मको लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६७ रुपैयाँ र ३० वा सोेभन्दा बढीको लागि ७० रुपैयाँ बोनसदर छ । सामूहिक सावधिक योजनामा ० देखि ९ वर्षसम्म, १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ७० रुपैयाँ र ३० वा सोेभन्दा बढी अवधिका ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक तथा आजीवन योजनामा ० देखि ९ वर्षसम्म र १० देखि १४ वर्षसम्मको अवधिका लागि पनि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६५ रुपैयाँ र ३० वा सोेभन्दा बढीका ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । अग्रिम भुक्तानी तथा आजीवनमा १० देखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

अग्रिम भुक्तानी सावधिकमा १० देखि १४ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्म अवधिका लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग)मा १० देखि १४ वर्षसम्मको अवधिका लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षसम्म ५० रुपैयाँ र २५ देखि २९ वर्षसम्मको अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) मा १० देखि १४ वर्षसम्मको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षसम्मको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ। वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनस कायम छ ।

सूर्यज्योति लाइफ

यस कम्पनीले आर्थिक वर्ष २०८०/ ८१ का लागि सावधिक जीवन बीमा योजनाहरुमा न्यूनतम रु ४० देखि रु ७५ सम्म, सावधिक तथा आजीवन जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४० देखि रु ७५ सम्म, अग्रिम भुक्तानी जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४२ देखि रु ६० सम्म, चौरासी पूजा जीवन बीमा योजनाहरुमाः न्यूनतम रु ४५ देखि रु ९० सम्म बोनस यदिने घोषणा गरेको छ ।

नेपाल लाइफ

कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) मा प्रतिहजार ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि ८२ रुपैयाँ, सावाधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ तथाा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष बढी अवधिका लागि प्रतिहजार ८२ रुपैयाँ कायम गरेको छ ।

सावाधिक जीवन बीमालेख (जीवन समुनन्त) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि ५६ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ७० रुपैयाँ र ३० वर्षभन्दा माथिका लागि ७० रुपैयाँ कायम भएको छ । सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १ रविकल्प २) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथिका लागि ६५ रुपैयाँ,सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ५५ रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ५७ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६० रुपैयाँ र ३० वर्ष माथिका लागि ६० रुपैयाँ छ ।

सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजनामा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्षका लागि ६० रुपैयाँ तथा २० देखि २५ वर्षका लागि ६२ रुपैयाँ कायम भएको छ । सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्षका लागि ६० रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष माथिका लागि ८२ रुपैयाँ कायम भएको छ ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि)मा १५ वर्षे अवधिका लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ र २० वर्षे अवधिका लागि ५६ रुपैयाँ बोनस पाउनेछन्। अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ छ । अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि)मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष, १६ देखि २० वर्ष, २१ देखि २५ वर्ष अवधि, २६ वर्षदेखि ३० वर्ष र ३० वर्ष माथिका लागि ५६ रुपैयाँ कायम भएको छ । अन्य (जीवन सारथी) मा ० देखि १० वर्ष, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधिका लागि प्रतिहजार ६२ रुपैयाँ तथा २१ देखि २५ वर्षका लागि ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि ८५ रुपैयाँ छ ।

एलआइसी नेपाल

कम्पनीलेले न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन विद्या ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

सावधिक (३३३)योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६१ रुपैयाँ र ४५ र सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। जीवन आनन्द (३४२) मा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

बाल सावाधिक (३४९) बीमा योजनामा प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

धन वृष्टि (३५८) योजनामा कम्पनीले प्रतिहजार १० वर्षे अवधिका लागि ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनस दिने भएको छ। धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३) मा प्रतिहजार १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।

बाल ममता (३४०) र बाल स्नेह (३४१) मा प्रतिहजार १५ वर्ष अवधिसम्मका लागि ५६ रुपैयाँ र १६ देखि २० वर्ष अवधिका लागि ५७ रुपैयाँ बोनसदर घोषणा गरेको छ। जीवन तरंग (३४५) योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ।

न्यु जीवन तरंग (३६०) योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। जीवन बचत (३५९) योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६३ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। जीवन लाभ (३६१) योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। लघु सावाधिक (३५४) योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

मेट लाइफ इन्स्योरेन्स

कम्पनीले अग्रिम भुक्तानी योजना (थ्री पेमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि ६५ रुपैयाँ कायम गरेको छ । अग्रिम भुक्तानी योजना (मिडटर्म ग्रोथ प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ४५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ५० रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ५५ रुपैयाँ बोनसदर कायम गरेकोे छ । सावधिक जीवन बीमा (इन्डोमेन्ट प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्षका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ।

शिक्षा संरक्षण बीमा (एजुकेसन प्रोटेसन प्लान) मा १ देखि १५ वर्ष अवधिसम्मका लागि ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६५ रुपैयाँ र २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

रिलायबल नेपाल लाइफ

रिलायबल नेपाल लाइफले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्षसम्मको लागि प्रतिहजार ५० रुपैयाँ, १० देखि १४ वर्षसम्मको लागि ५५ रुपैया, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथिका लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल सुलभ जीवन बीमालेख सुलभ बाल जीवन बीमालेख प्लस योजनामा ५ देखि ९ वर्षसम्मको लागि २५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि २९ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ४१ रुपैयाँ कायम भएको छ।

रिलायबल सजिलो जीवन बीमा (एकल तथा सीमित अवधि भुक्तानी) मा ५ देखि १४ वर्षसम्मको लागि २५ रुपैयाँ र १५ र सोभन्दा माथि अवधिका लागि २६ रुपैयाँ बोनसदर कायम भएको छ। लघु सावधिक जीवन बीमालेख (बीमा समिति) र रिलायबल लघु सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्षसम्मको लागि ३१ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ३३ रुपैयाँ र २० देखि २४ वर्षसम्मको अवधिका लागि ३४ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ३५ रुपैयाँ कायम भएको छ।

सावाधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ४० रुपैयाँ र २० देखि २४ वर्षसम्मको लागि ४५ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि ५० रुपैयाँ कायम भएको छ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजनामा १०, १२ र १४ वर्षसम्म अवधिका लागि प्रतिहजार ५० रुपैयाँ, १६, १८ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल समुन्नति जीवन बीमामा ५ देखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १५ देखि २४ वर्षसम्मको लागि २१ रुपैयाँ र २५ र सोभन्दा माथि अवधिका लागि २३ रुपैयाँ बोनसदर कायम भएको छ।

रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावाधिक बीमालेखमा ५ देखि १४ वर्षका लागि ६० रुपैयाँ, १५ देखि १९ वर्षसम्मको लागि ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर कायम भएको छ।

सानिमा रिलायन्स लाइफ

कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । सावधिक जीवन बीमा योजना (रेगुलर) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ , १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सावधिक जीवन बीमा योजना (एकल) मा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

त्रिपल सावधिक बीमामा १० वर्षदेखि १४ वर्षसम्मको लागि २० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

दम्पती सावधिक बीमा योजनामा १५ वर्षदेखि १९ वर्षसम्मको लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३५ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

अग्रिम भुक्तानी योजनामा १० वर्षदेखि १४ वर्षसम्मको गि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। वार्षिक अग्रिम भुक्तानी योजनामा १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्पm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ८५५ बीमालेख बिक्री गरेको छ।

१५ वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको ६१९ वटा बीमालेख बिक्री भएको छ। २० वर्षे अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको २९५ वटा बीमालेख बिक्री भएको छ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको ५९७ वटा बीमालेख बिक्री भएको छ। सामूहिक सावधिकको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको १ हजार ६९४ वटा बीमालेख बिक्री भएको छ।

सावधिक तथा आजीवनमा ० वर्षदेखि ९ वर्षसम्मको लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ सावधिकमा ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सीमित भुक्तानी सावधिकमा १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। बाल सावाधिक योजनामा १० देखि ११३ वर्षको लागि १९ रुपैयाँ, १४ देखि १५ वर्षको लागि २० रुपैयाँ, १६ वर्षको लागि २२ रुपैयाँ, १७ वर्षको लागि २३ रुपैयाँ, १८ वर्षको लागि २५ रुपैयाँ, १९ वर्षको लागि २६ रुपैयाँ, २० वर्षको लागि २७ रुपैयाँ, २१ वर्षका लागि २८ रुपैयाँ, २२ वर्षको लागि ३० रुपैयाँ, २३ वर्षको लागि ३१ रुपैयाँ, २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३४ रुपैयाँ रहेको ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ  ।

Post you comments

How did you feel after reading this news?

40%

Happy

40%

Sad

20%

Surprised

0%

Excited

0%

Angry

Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS