काठमाडौं । त्रिभूवन विश्वविद्यालयले कात्तिक ११ गतेदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको छ।
विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले बिहीबार बिहान सूचना जारी गर्दै हिउँदे बिदाबाट कटाैती गर्ने गरी भदाै २९,३० र ३१ गते, असोज १, २ र ५ गते तथा कात्तिक ९ गतेका दिन विश्वविद्यालयको सबै पठनपाठन कार्य बन्द रहने जानकारी दिएको हो ।
विश्वविद्यालयका अनुसार, नियमित पठनपाठन कार्य कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ।

















