IME Life New

टाटाको सरप्राइज ! चुपचाप ल्यायो स्पोर्टी सीएनजी एसयूभी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । अग्रणी अटोमोबाइल निर्माता टाटा मोटर्सले चुपचाप रुपमा आफ्नो भेहिकल पोर्टफोलियो अपडेट गरेको छ।

कम्पनीले आफ्नो प्रसिद्ध एसयूभी नेक्सन सीएनजीको नयाँ रेड डार्क एडिसन घरेलु बजारमा ल्याएको हो। यस नयाँ डार्क एडिसनको प्रारम्भिक मूल्य भारु १२.७० लाख (एक्स–शोरुम) तोकिएको छ। यो नयाँ भेरियन्ट डुअल सिलिन्डर सीएनजी टेक्नोलोजीसँग आउँछ।

Crest

नेक्सन सीएनजी रेड डार्क एडिसनमा केही कस्मेटिक परिवर्तन देखिएका छन्। जुन यसको बाहिरी भागमा बनाइएको छ। यसमा रातो रङको एक्सेन्ट, गाढा थिमयुक्त फिनिस र प्रिमियम इन्टेरियर समावेश छ। यसका पांग्राहरुमा रातो कलर एक्सेन्टसहितको बोल्ड कार्बन ब्ल्याक पेन्ट फिनिस दिइएको छ। जसले यस एसयूभीलाई अझ स्पोर्टी बनाउँछ।

गत वर्ष सेप्टेम्बरमा कम्पनीले नेक्सन आईसीएनजी लन्च गरेको थियो। त्यतिबेला यो एसयूभीको प्रारम्भिक मूल्य भारु ८.९९ लाख तोकिएको थियो। अब कम्पनीले आफ्नो रेड डार्क एडिसन ३ नयाँ भेरियन्ट क्रिएटिभ प्लस एस, क्रिएटिभ प्लस पीएस र फियरलेस प्लस पीएसमा ल्याएको छ।

इन्जिनको कुरा गर्दा यो एडिसनमा १.२ लिटर टर्बो पेट्रोल इन्जिन छ। जसले अधिकतम ९९ बीएचपी पावर दिन्छ। यसमा डाइरेक्ट सीएनजी स्टार्ट टेक्नोलोजी रहेको छ। जसले यसलाई भारतीय बजारमा पहिलो टर्बोचार्ज गरिएको सीएनजी मोडेल बनाउँछ। यो विशेष एडिसन स्ट्यान्डर्ड भेरियन्टजस्तै विशेष रुपमा ६–स्पिड म्यानुअल गियरबक्सको साथ आउँछ।

क्याबिनले रातो लेदरको अपहोल्स्ट्री, स्ट्राइकिङ रेड स्टिचिङ र ग्लोसी पियानो ब्ल्याक डिटेल्ससहित रिफाइन्ड टचहरु प्राप्त गर्दछ। फिचरको हिसाबले यसमा १०.२ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, ३६० डिग्री क्यामेरा, डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, जेबीएलबाट ६ स्पिकर, स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, वायरलेस चार्जिङ र प्यानोरामिक सनरुफ छन्।

अन्य फिचरमा इल्युमिनेटेड लोगोका साथ टु–स्पोक स्टेयरिङ ह्विल, हिल–होल्ड कन्ट्रोल, स्टेयरिङ–माउन्टेड कन्ट्रोल, आईएसओएफआईएक्स चाइल्ड सिट माउन्ट, रिभर्स पार्किङ सेन्सर, रियर एसी भेन्ट्स, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), रियर पावर आउटलेट, इन्जिन स्टार्ट÷स्टप बटन र एयर प्युरिफायर समावेश छ।

टाटा नेक्सन भारतको सबैभन्दा सुरक्षित एसयूभीमध्ये एउटा हो। यसले क्र्यास टेस्टमा ५–स्टार रेटिङ पाएको छ। जहाँसम्म माइलेजको सवाल छ, यसको पेट्रोल भेरियन्टले लगभग १७ किलोमिटर प्रतिलिटर, डिजेल भेरियन्टले २३ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ। सीएनजी भेरियन्टले १७ किलोमिटर प्रतिकिलोग्रामसम्मको माइलेज पनि दिन्छ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS