काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद ४लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६३/६४ र २०६५/६६, २०६६ /६७, २०६७ /६८, २०६८/ ६९, २०६९ /२०७०, २०७० /७१, २०७१ /२०७२, २०७२ /२०७३, /२०७३ /२०७४, २०७४/२०७५, २०७५/७६ सम्मको नगद लाभांश लिन आग्रह गरेको हो ।
संस्थाको यी विभिन्न साधारण सभाबाट पारित भएको पाँच वर्षभन्दा पुरानो नगद लाभांश केही शेयरधनीले अझैसम्म नलिएकाले संस्थाले यथाशिग्र लिन बोलाएको हो।
कम्पनीले अझैसम्म पनि लाभांश नलिएका शेयरधनीलाई शेयर प्रमाणपत्रका साथै आफ्नो परिचयपत्र सहित अबको ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेडमा बुझन आग्रह गरेको छ।
उक्त अवधिभित्र आफ्नो नगद लाभांश नलिएमा सो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । लाभांश लिन बाँकी शेयरधनीको विस्तृतत विवरण कम्पनीको वेबसाइटमा प्रकाशित गरिएको पनि जनाएको छ।
साथै आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्मको लाभांश लिन बाँकी शेयरधनीले पनि एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन कम्पनीले आग्रह गरेको छ ।

















