IME Life New

सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, बीमितलाई कुन योजनामा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०८१।८२ (१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म)का लागि बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले विभिन्न योजनामा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले विभिन्न योजनामा सार्वजनिक गरेको बोनस दर निम्नानुसार छन्ः

सावधिक जीवन बीमा योजना (रेगुलर)

Crest

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा २७ हजार ७२३ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक जीवन बीमा योजना (एकल)

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा ३ हजार ९७१ वटा बीमालेख बिक्री गरेको छ।

त्रिपल सावधिक बीमा

यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका २ हजार ६४३ वटा बीमालेख बिक्री गरेको छ।

दम्पती सावधिक बीमा योजना

यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका २ हजार ६४३ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३ हजार ३७२ वटा बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी योजना

यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका २ हजार २७ वटा बीमालेख बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी योजना

यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ४ हजार ४९४ वटा बीमालेख बिक्री गरेको हो।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)

नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्पm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ७९० बीमालेख बिक्री गरेको छ।

१५ वर्षे अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको ५९९ वटा बीमालेख बिक्री भएको छ।

२० वर्षे अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको २८८ वटा बीमालेख बिक्री भएको छ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना

यस योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको ७४३ वटा बीमालेख बिक्री भएको छ।

सामूहिक सावधिक

यस योजनाको सम्पूर्ण अवधिका लागि २० रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको २ हजार २१० वटा बीमालेख बिक्री भएको छ।

सावधिक तथा आजीवन

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले यस योजनाका २ हजार ६४४ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक

यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। यस योजनाको ३२ हजार ९७५ वटा बीमालेख बिक्री भएको छ।

सीमित भुक्तानी सावधिक

यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले यस योजनाको १८ हजार १७६ वटा बीमालेख बिक्री गरेको छ।

बाल सावधिक (मेरो मुटु आई)

यस योजनामा १० देखि १५ वर्षसम्मको अवधिका लागि २२ रुपैयाँ, १६ देखि २० वर्षसम्म अवधिका लागि २८ रुपैयाँ, २१ वर्षदेखि २४ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। यस योजनाका ३ हजार ४९१ वटा बीमालेख बिक्री भएको छ।

बाल सावधिक (मेरो मुटु ई)

यस योजनामा १० देखि १५ वर्षसम्मको अवधिका लागि २० रुपैयाँ, १६ देखि २० वर्षसम्म अवधिका लागि २७ रुपैयाँ, २१ वर्षदेखि २४ वर्षसम्मको अवधिका लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ३४ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। यस योजनाका ४ हजार २६४ वटा बीमालेख बिक्री भएको छ।

उपरोक्तअनुसार बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी र चालु बीमालेखहरुमा लागू हुने कम्पनीले जनाएको छ। यसका साथै अर्को बीमांकीय मूल्यांकनअनुसार नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा सोही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS