IME Life New

सामान्य बढ्यो घरजग्गामा जाने कर्जा, पौने ३ खर्ब नाघ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म बैंकहरुबाट घरजग्गामा कर्जा पौने ३ खर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म बैंकहरुबाट २ खर्ब ८१ अर्ब ५५ करोड रुपैयाँ घरजग्गामा कर्जा गएको हो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको तुलनामा घरजग्गामा जाने कर्जा ५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म २ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो।

Crest

समीक्षा अवधिसम्म बैंकहरुबाट आवासीय व्यक्तिगत घर कर्जामा ४ खर्ब ७ अर्ब ९० करोड रुपैयाँ गएको छ। गत असारसम्म आवासीय व्यक्तिगत घर कर्जामा बैंकहरुबाट ३ खर्ब ८७ अर्ब १ करोड रुपैयाँ गएको थियो।

असारको तुलनामा समीक्षा अवधिमा यो शीर्षकमा गएको कर्जा ५.४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS