काठमाडौं । मौद्रिक नीति पछिको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक २७६०.८० विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २९ अंकले बढेको छ । ११ अर्ब ४१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट १ अर्ब ५ करोड ४२ लाखको कारोबार भएको छ जसमा ४८ करोड ५९ लाखको खरिद भएको छ भने ५६ करोड ८२ लाखको विक्री भएको छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट ४९ करोड ७३ लाखको खरिद भएको छ भने ५१ करोड ६७ लाखको विक्री भएको छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले विक्री धेरै गरेका छन् ।


















