काठमाडौं । बुधबार नेप्से परिसूचक २९५४.१४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ४७.९३ अंकले घटेको छ। १६ अर्ब ४४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब १७ करोड ५२ लाखको कारोबार भएको छ जसमा १ अर्ब ५ करोड ४२ लाखको खरिद छ भने १ अर्ब १२ करोड १० लाखको विक्री छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ७९ करोड ६३ लाखको खरिद छ भने ९१ करोड ६४ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकर सबैले विक्री धेरै गरेका छन्।


















