काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार २६ दशमलव ७५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको नयाँ व्यवसाय बढेको देखिएको हो । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुनसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले २१ अर्ब १२ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको प्रथम बीमाशुल्क २६ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५ अर्ब २४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३७ दशलमव ७९ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा नेशनल लाइफले ३ अर्ब ३० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २३ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ७१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २६ दशलमव ९२ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
त्यस्तै, हिमालयन लाइफले १ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १२ दशलमव ९२ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सूर्यज्योति लाइफले १ अर्ब ५५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सिटिजन लाइफले १ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १६ दशलमव ९८ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
यता, एशियन लाइफले १ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २६ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सानिमा रिलायन्स लाइफले १ अर्ब १ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १९ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
रिलायबल नेपाल लाइफले ८५ करोड २९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १५ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । मेट लाइफले ८४ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २ दशलमव ४४ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
त्यसैगरी प्रभु महालक्ष्मी लाइफले ७९ करोड ८५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ५० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । आइएमई लाइफ इन्स्योरेन्सले ७७ करोड ९५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सन नेपाल लाइफले ६२ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ६४ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ५४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३९ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।