IME Life New

एक महिनामा जीवन बीमकको कुल व्यापार १२ अर्ब ९८ करोड, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले प्रथम र नविकरण बीमा मार्फत १२ अर्ब ९८ करोड माथि कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले ३ लाख १८ हजार ४०६ वटा बीमा पोलिसी बिक्री गरी १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ५५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १ अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Crest

हिमालयन लाइफले १ अर्ब २० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ७५ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ७२ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४८ क।ोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सानिमा रिलायन्स लाइफले ४६ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ४२ करोड ९८लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४० करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४० करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३४ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS