काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ घट्दा चाँदीको भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबर पनि सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।

















