काठमाडौं । आज भाइटीका अर्थात् यमपञ्चकको पाँचौं दिन । वैदिक कालमा यमराजले आफ्नो दैनिक कामकाज थाती राखेर बहिनी यमुनासँग टीका लगाउन गएको दिनलाई भाइटीकाको रूपमा मनाउने गरिन्छ । आज भाइटीकाको उत्तम साइत बिहान ११ः३९ बजे रहेको छ।
यमुनाले दाजु यमराजको दीर्घायुको कामना गरी कहिल्यै नओइलाउने फूल मखमलीको माला र कहिल्यै नअस्ताउने सूर्यको सात रङको प्रतीक सप्तरंगी टीका लगाएर लामो आयुको कामना गरेको धार्मिक विश्वास छ । यसै दिनको सम्झनामा पृथ्वीवासीले तिहार अर्थात् भाइटीका मनाउँदै आएका छन् ।
आजको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका लगाइदिने गर्छन् । भाइटीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई आफ्नो क्षमताअनुसारको पैसा वा उपहार दिने प्रचलन छ । त्यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका–माला लगाइदिएर भाइ मसला उपहार दिने प्रचलन छ । आबाट यमपञ्चकम पनि समापन हुँदैछ ।

















