IME Life New

वाणिज्य बैंकहरुले रु. ४६.६६ खर्ब ऋण प्रवाह गर्दा कमाए रु. ७१.४२ अर्ब

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१।८२ मा साढे ४६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन्।

हालै सार्वजनिक गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार २० वटा वाणिज्य बैंकहरुले ४६ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्।समीक्षा वर्षमा यी बैंकहरुले ७१ अर्ब ४२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। बैंकहरुको कुल कर्जा लगानीको तुलनामा नाफाको अनुपात १.५३ प्रतिशत रहेको देखिन्छ।

Crest

समीक्षा वर्षमा कर्जा लगानीको तुलनामा नाफाको अनुपात सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यो बैंकले ७२ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ३ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ। कर्जाको तुलनामा बैंकको नाफा अनुपात ४.१७ प्रतिशत रहेको छ।

दोस्रोमा प्रभु बैंक रहेको छ। यो बैंकको कर्जा प्रवाहको तुलनामा नाफा अनुपात २.३६ प्रतिशत रहेको छ। समीक्षा वर्षमा बैंकले २ खर्ब ३० अर्ब ३७ करोड रुपैयाँ नाफा कमाउँदा ५ अर्ब ४४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी तेस्रोमा एभरेष्ट बैंक रहेको छ। एभरेष्ट बैंकले २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। कर्जाको तुलनामा बैंकको नाफा अनुपात २.३० प्रतिशत रहेको छ।

समीक्षा वर्षमा सर्वाधक कर्जा लगानी र नाफा आर्जन गर्ने बैंकमा नबिल रहेको छ। नबिलले ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ७ अर्ब १२ करोड नाफा आर्जन गरेको छ। बैंकको कर्जा लगानीको तुलनामा नाफा अनुपात १.७३ प्रतिशत रहेको छ।

त्यस्तै दोस्रो धेरै कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समीक्षा वर्षमा बैंकले ६ अर्ब २० करोड रुपैयाँ नाफामा कमाएको छ। बैंकको कर्जा लगानीको तुलनामा नाफाको अनुपात १.७३ प्रतिशत रहेको छ।

समीक्षा वर्षमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ खर्ब २६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको कर्जा लगानीको तुलनामा नाफाको अनुपात २.०७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS