IME Life New

सिटिजन लाइफकी एजेन्सी म्यानेजर सिमाले गरिन् ४० जना बीमितलाई सम्मान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्स थली शाखा कार्यालयकी एजेन्सी म्यानेजर सिमा दंगालले आफ्ना बीमितहरुलाई सम्मान गरेकी छन् । उनले एक कार्यक्रमको आयोजना गरी आफ्ना ६० जना बीमितहरुलाई सम्मान प्रदान गरेकी हुन् ।

सो कार्यक्रम साखुको क्षितिज जन जागृत आधारभुत विद्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिटिजन लाइफका चिफ मार्केटिङ अफिसर भुषण रिमाल र  चिफ विजनेश अफिसर सुनिल पोख्रेल  तथा ट्रेनिङ डिपार्टमेन्ट हेड कुवेर पाठकको उपस्थिती रहेको थियो ।

Crest

साथै, कार्यक्रममा साखु शंखरापुर वडा नं. ५ का वडा सचिव  नुछे नकर्मी, जनजागरित स्कुलका अध्यक्ष चिरञ्जीवी रेग्मी र सिटिजन लाइफ थली शाखाका शाखा प्रमुख सुविन कुइँकेलको समेत सहभागिता रहेको थियो ।

बीमितहरुले आफ्नो बीमा गराई आफु र आफ्नो परिवारको जीवन रक्षा गरेको हुनाले र बीमितहरुलाई हौसला प्रदान गरी सबैलाई बीमा चेतना बढोस् भन्ने हेतुले एजेन्सी म्यानेजर दंगालले बीमितहरुलाई सम्मान गरेको बताइन् ।

सो कार्यक्रमपछि नेपाली नारीहरुको महान पर्व तीजको शुभकामना आदान प्रदान गरिएको दंगालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS