IME Life New
GBIME

न्यूनतम पुँजी पुर्याउने समयसीमा बढाउन शेयर ब्रोकरको माग, यी विकल्प पनि प्रस्ताव

SPIL
Global College
NLIC

काठमाडौं । पुराना शेयर ब्रोकरहरुले न्यूनतम चुक्तापुँजी पुर्याउने समयसीमा बढाउन नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेका छन्।

धितोपत्र बोर्डले ३८ वटा पुराना ब्रोकरलाई पुस मसान्तभित्र न्यूनतम चुक्तापुँजी पुर्याउने ‘क्यापिटल प्लान’ पेस गर्न निर्देशन दिएको थियो। ती सबै ब्रोकरले क्यापिटल प्लान पेस गर्नुका साथै अधिकांशले न्यूनतम चुक्तापुँजी पुर्याउन तोकिएको समयसीमाभित्र असम्भव रहेकोले म्याद थप गरिदिन धितोपत्र बोर्डसँगै आग्रह गरेका हुन्।

Crest

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीमा गरिएको चौथो संशोधनमार्फत सीमित कार्य गर्ने ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरको ६० करोड रुपैयाँ तोकिएको छ। धितोपत्र बोर्डले २ वर्षअघि ब्रोकरसँग सम्बन्धित नियमावलीमा संशोधन गर्दै ब्रोकर न्यूनतम चुक्तापुँजी निर्धारण गरेको थियो।

हाल ९० वटा ब्रोकर सञ्चालनमा छन्। तीमध्ये ४० वटा ब्रोकर संशोधित नियमावली आएपछि सञ्चालनमा आएकाले तोकिएको चुक्तापुँजी कायम गरेका छन्।

पहिले नै सञ्चालनमा रहेका ५० वटा ब्रोकरमध्ये अधिकांशलाई न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ पुर्याउन धौधौ पर्ने देखिएको छ। पहिलेको नियमावलीमा ब्रोकरको न्यूनतम चुक्तापुँजी २ करोड रुपैयाँ मात्र रहेको थियो।

न्यूनतम चुक्तापुँजी कायम गर्न पुराना ब्रोकरलाई २०८२ असार मसान्तसम्मको समयसीमा दिइएको छ। त्यो बेलासम्म न्यूनतम चुक्तापुँजी २० करोड रुपैयाँ कायम गर्न नसक्ने ब्रोकरलाई मर्जरमा जान सक्ने व्यवस्था संशोधन नियमावलीमा गरिएको छ। तर, ब्रोकरबीचको मर्जरकै लागि भने छुट्टै निर्देशिका भने धितोपत्र बोर्डले बनाएको छैन।

पुराना केही ब्रोकरको न्यूनतम चुक्तापुँजी पुर्याउन सक्ने अवस्थामा छन्। पुर्याउन नसक्ने मर्जरको बाटो रोज्नुको विकल्प छैन। संशोधित नियमावलीमा दिइएको समयसीमाभित्र न्यूनतम चुक्तापुँजी पुर्याउन नसक्ने ब्रोकरले समयावधि सकिनुभन्दा ६ महिनाअगावै प्राप्ति वा गाभिन धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने प्रावधान छ।

सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६) का अध्यक्ष सन्तोष मैनाली २०८२ असार मसान्तसम्मको समयसीमा न्यूनतम चुक्तापुँजी पुर्याउन अपुग हुने बताउँछन्। ‘त्यसैले अधिकांश ब्रोकरले समयसीमा थप गर्न आग्रह गरेको जस्तो लाग्छ’, उनले भने।

न्यूनतम चुक्तापुँजी पुर्याउन अन्य विकल्प पनि रहेकोे स्टक ब्रोकर्स एसोसिएन अफ नेपालका पूर्वअध्यक्षसमेत रहेका मैनालीले बताए। ‘पुँजी पुर्याउने एउटा विकल्प हकप्रद शेयर जारी गर्ने पनि हुन सक्छ’, उनले भने, ‘अर्को भनेको अन्य साझेदार भित्र्याउने पनि हुन सक्छ।’

अहिलेको अवस्थामा नियमावलीमा तोकिएको समयसीमा पुराना ब्रोकर न्यूनतम चुक्तापुँजी कायम गर्न सक्ने अवस्था नरहेको मैनालीको भनाइ। ‘नियमावलीमा ब्रोकरबीचको मर्जरको कुरा उल्लेख छ। तर, कसरी मर्जरमा जाने भन्ने कुरा छैन’, उनले भने, ‘त्यही भएर धितोपत्र बोर्डले छुट्टै मर्जरसम्बन्धी निर्देशिका बनाउँदैछ। त्यो नियमावली आएपछि मात्रै मर्जर प्रक्रिया अगाडि बढ्छ।’

धितोपत्र बोर्डका एक उच्च अधिकारीले ब्रोकरको मर्जरसम्बन्धी निर्देशिक तयार पार्ने काम भइरहेको बताए। ‘निर्देशिका ल्याउन काम भइरहेको छ’, ती अधिकारीले भने, ‘छिट्टै निर्देशिका जारी गरेर ब्रोकरलाई मर्जरमा जाने विल्कप खुला गर्नेछौँ।’

ती अधिकारीका अनुसार ३८ वटा ब्रोकरमध्ये अधिकांश न्यूनतम चुक्तापुँजी पुर्याउन दिइएको समयसीमा बढाउन आग्रह गरेका छन्। ‘त्यसमा हामी विचार गर्दैछौँ’, ती अधिकरीले भने, ‘उहाँहरुले अन्य विकल्प पनि पेस गर्नुभएको छ। त्यसमा पनि छलफल गर्दैछौँ।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS