IME Life New
GBIME

बढ्न थाल्यो गाडी कर्जाको माग, व्यक्तिगत प्रयोजनमा गयो धेरै

SPIL
Global College
NLIC

काठमाडौं । बैंकहरुमा गाडी कर्जाको माग बढ्न थालेको छ। बैंकहरुबाट व्यापारिक प्रयोजनभन्दा पनि व्यक्तिगत प्रयोजनका लागि गाडी कर्जाको माग बढेको पाइएको हो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म बैंकहरुबाट थप ४ अर्ब ७० करोड ४७ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा ३.८ प्रतिशतले बढी हो।

Crest

बैंकहरुबाट चालु आर्थिक वर्षको पुससम्म बैंकहरुबाट १ खर्ब २८ अर्ब ८० करोड ७२ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको छ। गत असारसम्म बैंकहरुबाट १ खर्ब २४ अर्ब १० करोड २४ लाख रुपैयाँ गाडी कर्जा गएको थियो।

चालु वर्षको पुससम्म व्यापारिक प्रयोजनका लागि बैंकहरुले ८६ अर्ब ७८ करोड १८ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन् भने व्यक्तिगत प्रयोजनका लागि ४२ अर्ब २ करोड ५४ लाख रुपैयाँ गाडी कर्जा दिएका छन्। गत असारसम्म गाडी कर्जा शीर्षकमा व्यापारिक प्रयोजनका लागि ८७ अर्ब २६ करोड ११ लाख रुपैयाँ र व्यक्तिगत प्रयोजनका लागि ३६ अर्ब ८४ करोड १३ लाख रुपैयाँ बैंकहरुले दिएका थिए।

गत असारको तुलनामा पुससम्म बैंकहरुबाट व्यापारिक प्रयोजनका लागि गएको गाडी कर्जा ०.५ प्रतिशतले घट्दा व्यक्तिगत प्रयोजनका लागि गएको कर्जा १४.१ प्रतिशतले बढेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS