काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको नाफा बृद्धि भएको छ भने कुल र खुद बीमा शुल्क आर्जन घटेको छ ।
कम्पनीले पहिलो त्रैमाससम्ममा ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा १० प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको शेयर पुँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २५ करोड ६९ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १२ करोड ५३ लाख रहेको छ । महाविपत्ती कोषमा ११ करोड १२ लाख रहेको छ ।
अघिल्लो वर्ष असार मसान्तसम्मा स्पेसल रिजर्भमा १ अर्ब २९ करोड रुपैयाँ थियो । रिटेन्ड अर्निङमा २५ करोड ६५ लाख रुपैयाँ थियो । अन्य इक्विटीमा भने १० करोड ६ लाख रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा १० करोड ८४ लाख रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीले २६ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ३३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३९ प्रतिशतले घटेको हो ।
समीक्षा वर्षमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १४ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ३८ लाख रुपैयाँ खर्चिएको थियो ।
समिक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ३९ लाख १५ हजार रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा ८१ लाख १६ हजार खर्चिएको थियो । गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीले अभिकर्ता कमिशनमा कम रकम खर्चिएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ५४ पैसा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ। पीई रेसियो ६४ गुणा रहेको छ । कम्पनीको सोल्भेन्सी रेसियो १ दशलमव ९४ प्रतिशत रहेको छ ।