IME Life
GBIME

१४ अंकले घट्यो नेप्से, कारोबार रकम ७ अर्ब ९१ करोड माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव १२ अंकले घटेर २,७३४ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको मूल्य बढेको छ भने १३८ कम्पनीको मूल्य घटेको छ ।

आज ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको २५ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनसिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मकर जितुमायाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS