GBIME
IME Life

२० म्युचुअल फन्डले घोषणा गरे लाभांश, कुनका इकाइधनीले कति पाउँछन् प्रतिफल?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाभांशको सिजन सुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन्। आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म २० वटा म्युचुअल फन्डले आफ्ना इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेका हुन्। यस वर्ष लाभांश घोषणा गर्नेमा म्युचुअल फन्ड अगाडि देखिएका छन्।

म्युचुअल फन्ड खुलामुखी र बन्दमुखी गरी दुई प्रकारका हुन्छन्। खुलामुखी म्युचुअल फन्ड नेप्सेमा कारोबार हुँदैन। बन्दमुखी म्युचुअल फन्ड मात्रै नेप्सेमा कारोबार हुन्छ। हालसम्म एनआईसी एशिया बैंक क्यापिटलका ५ वटा, सानिमा बैंक क्यापिटलका ३ वटा र सिद्धार्थ बैंक क्यापिटलको १ वटा, कुमारी बैंक क्यापिटलका ३ वटा योजना, लक्ष्मी सनराइज बैंक क्यापिटलका ५ वटा, आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका २ वटा र एनआइएमबि एस क्यापिटलको १ वटा म्युचुअल फन्ड गरी कुल २० वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन्।

SKYWELL
Crest

सबैभन्दा धेरै प्रतिफल घोषणा गर्ने म्युचुअल फन्डमा सानिमा इक्विटी फन्ड रहेको छ। यस फन्डले आफ्ना इकाइधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। सानिमा ग्रोथ फन्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। यी ३ वटा फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएका छन्। त्यसकारण भदौ २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने प्रतिफल पाउन योग्य हुनेछन्।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले आफ्ना इकाइधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। यस फन्डले भदौ २३ गते बुक क्लोज गर्दैछ। त्यसकरण २० गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने प्रतिफल पाउन योग्य हुनेछन्।

कुमारी धनवृद्धि योजनाले आफ्ना इकाइधनीलाई ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ। यी दुई फन्डले भदौ १९ गते बुक क्लोज गरेका छन्। त्यसकारण भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै यी फन्डले वितरण गर्ने प्रतिफल पाउन योग्य हुनेछन्।

कुमारी सुनौलो योजना (खुलामुखी) ले पनि इकाइधनीलाई १०.५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ। यस फन्डले पनि भदौ ११ गते बुक क्लोज गरिसकेको छ।

त्यसैगरी सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डले १२.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। यी चार फन्डले बुक क्लोज गरिसकेका छन्। शुभ लक्ष्मी कोष (खुलामुखी) ले इकाइधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस फन्डको भने बुक क्लोज मिति तय भएको छैन।

यता एनआइसी एशिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट ३० फन्डले १४ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन्। यी चार वटा फन्डले भदौ २८ गते बुक क्लोज गर्ने भएका छन्। यसको मतलब भदौ २७ गतेसम्म कायम इकाइधनीले यी ४ योजनाको लाभांश पाउनेछन्। एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले भने बुक क्लोज मिति तय गरेको छैन् ।

एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापनमा एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। भदौ २० गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज मिति भने तय गरेको छैन् ।

यता आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

आरविवि मर्चेन्ट बैंकिङ्गको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३ दशलमव ८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८ दशलमव ७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनका लागि यी दुई फण्डहरुले भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। त्यसकारण भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

57%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS