IME Life

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, नयाँ गाडी खरिदमा १५ लाखसम्म छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसानका सबै गाडीहरू— निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ ।

नजिकिँदै गरेको चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो । यो योजना चाडपर्वको अवधिभरी लागू हुनेछ । ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन् । जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), निःशुल्क ३ बर्षको सडक कर(रोड ट्याक्स), निःशुल्क ३ बर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र रू १५ लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ ।

SKYWELL
Crest

निसान म्यागनाइट ( एक बिग, बोल्ड, ब्युटिफुल र कारिजम्याटिकु एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो र जसमा राम्रो रिसेल भ्यालु र क्लास लिडिङ सुविधाहरू रहेका छन् । निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशत सम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को मजा लिन सक्नेछन् ।

त्यसैगरी, निसान एक्स(ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिङ एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ । निसान एक्स(ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन् ।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन् । पायोनियर मोटो कर्प यस योजना अवधिभर दिइने विभिन्न निःशुल्क सुविधाहरूले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास राखेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS