IME Life

मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेट लाइफ नेपालले आफ्नो वान बाइ मेटलाइफ एप मार्फत निःशुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन (हेल्थ रिस्क अस्सेसमेन्ट) सुविधा सुरु गरेको छ । यो विशेष अफर, सेप्टेम्बर २०२४ को अन्त्य सम्म उपलब्ध रहने कम्पनीले नाएको छ । जसले एपमा दर्ता गर्ने जो कोहीले आफ्नो स्मार्टफोन क्यामेराको प्रयोगबाट ५० सेकेन्डमा आफ्नो स्वास्थ्य जाँच गर्न सकिने छ ।

यो आकर्षक सुविधा सरल र प्रयोग गर्न सजिलो रहेको कम्पनीको भनाई छ । फोनको क्यामेरा प्रयोग गरेर, एपले प्रयोगकर्ताको अनुहार स्क्यान गर्छ र तुरुन्तै मुख्य स्वास्थ्य मेट्रिक्स जस्तै मुटुको दर, श्वासप्रश्वासको दर, रक्तचाप, अक्सिजन स्तर, र तनाव स्तरहरू प्रदान गर्दछ । सम्पूर्ण प्रक्रियाले एक मिनेट भन्दा कम समय लिन्छ र सही नतिजाहरूको साथ प्रयोगकर्ताको स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरूको ट्र्याक राख्नको लागि एक सुविधाजनक तरिका प्रदान गर्दछ ।

SKYWELL
Crest

यो सेवा पहुँच गर्नका लागि, प्रयोगकर्ताहरूले केवल वान बाइ मेटलाइफ एप डाउनलोड गरेर दर्ता गर्नुपर्छ । दर्ता गरेपछि, प्रयोगकर्ताहरूले लगइन गर्न सकिनेछ । निः शुल्क स्वास्थ्य जोखिम मूल्याङ्कन सुविधा या त होम ड्यासबोर्डबाट वा एपमा उपलब्ध ३६०हेल्थ आइकनबाट छनौट गरेर प्रयोग गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS