IME Life

आइजिआई प्रुडेन्सियलको अधिकांश सूचकमा आकर्षक प्रगति, खुद नाफा १५६% ले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साविक आइएमई जनरल र साविक प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर बनेको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक बर्ष २०८० /८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ८ करोड १२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ ।

SKYWELL
Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४ करोड ७३ लाख थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको  बीमा कोषको आकार सामान्य घटेको हो ।

समिक्षा अवधिमा कम्पनीले ६१ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १५६ प्रतिशतले बृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७२ प्रतिशतले बृद्धि भएको हो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब १९ करोड रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ९० प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीको सोल्भेन्सी रेसियो २ दशलमव ७७ प्रतिशत रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८७ रुपैयाँ ७० पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS