GBIME
IME Life

वृद्ध भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सामाजिक सुरक्षा भत्ताको वितरणका लागि  साउन १ देखि केही जिल्लाहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

मन्त्री परिषदको बिहीबार बसेको बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

SKYWELL
Crest

सरकारले जेठ २४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार पहिलो चरणमा समाजिक सुरक्षा भत्ता प्राप्त गर्न कोशी,मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सहितको सातै प्रदेशका २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो।

राष्ट्रिय परिचय पत्र वितरण कार्य पुरा भइ नसकेको र छोटो समयमै राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दा ठूलो संख्यामा सर्वसाधारणहरू सामाजिक सुरक्षा सेवाबाट बञ्चित हुनुपर्ने संभावना भएको निष्कर्ष सहित मन्त्री परिषदको पछिल्लो बैठकले तत्कालका लागि स्थगन गरेको हो ।

परिचय पत्र अनिवार्य गरिएपछि २८ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूमा सेवाग्राहीको अचाक्ली भीड बढेको थियो। छरितो सेवा पाउन नसक्दा सास्ती खेप्नु परेको थियो ।

सामाजिक सुरक्षा भत्ताका लागि पहिलो चरणामा यी जिल्लाहरूमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएका थिए

  • झापा
  • मोरङ
  • सुनसरी
  • उदयपुर
  • सप्तरी
  • सिरहा
  • धनुषा
  • महोत्तरी
  • बारा
  • पर्सा
  • रौतहट
  • सर्लाही
  • काठमाडौं
  • भक्तपुर
  • ललितपुर
  • सिन्धुली
  • मकवानपुर
  • चितवन
  • कास्की
  • तनहुँ
  • रुपन्देही
  • कपिलवस्तु
  • दाङ
  • बाँके
  • बर्दिया
  • सुर्खेत
  • कैलाली
  • कञ्चनपुर

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS