IME Life

भोलिबाट भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुने

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रा.लिको संयुक्त आयोजनामा ‘दक्षिण एशिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ कार्यक्रम हुने भएको छ ।

उक्त पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत विभिन्न देश र चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने बताइएको छ ।

Crest

उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि मंसिर ५ गते दिनको १ बजे गर्ने छन् । पुस्तक प्रर्दशनीमा एक सय ८० भन्दा बढी स्टलहरूमा देश तथा विदेशका विभिन्न उत्पादनहरू प्रदर्शनमा रहने बताईएको छ ।

उक्त वृहत् पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा विशेष अतिथिको रूपमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेशनलाई आमन्त्रण गरिएको छ । साथै, चीन र भारतका राजदूतलाई समेत निमन्त्रणा गरिएको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS