IME Life

यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा १८० प्रतिशतले बढ्दा अधिकांश सूचकमा उल्लेख्य बृद्धि

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकानश गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा उल्लेख्य बृद्धि भएको देखिएको छ । साविक अजोड र साविक यूनाइटेड मिलेर एक भई यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार गरेका हुन् ।

१ अर्ब ९० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको कम्पनीको महाविपत्ती जगेडा कोषमा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ । कम्पनीले शेयर प्रिमियम मार्फत १ करोड ४६ लाख रुपैयाँ उठाएको छ । अन्य इक्विटीमा १ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको संचिती जगेडा कोषमा ३१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

Crest

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २ अर्ब ४० करोड २० लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९ /८० को असारमसान्तसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब १९ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८० प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले ६३ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुलक आर्जन बढी हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३९ करोड ७६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १५ करोड १२ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले ५४ लाख ६४ हजार रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ ।

कम्पनीले २३ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ३७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन १०६ प्रतिशतले बढेको छ ।

कम्पनकिो सोल्भेन्सी मार्जिन रेसियो ७।४७ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ १३ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १७१ रुपैयाँ ९१ पैसा रहेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS