IME Life

शिखर इन्स्योरेन्स सफलतापुर्वक २०औं वर्षमा प्रवेश, अझै सरल र परिष्कृत सेवा दिने प्रतिवद्धता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड  आजदेखि १९औं वर्ष पुरा गरेर २०औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको स्थापना २०६१ जेष्ठ १५ भएको थियो भने २०६१ साल कार्तिक २६ गते निर्जीवन बीमा व्यवसायका लागि साविक बीमा समितिबाट प्रमाणपत्र प्राप्त गरेको थियो । कम्पनीले साविक बीमा समितिबाट कार्तिक २६ गते लाइसेन्स पाए पनि निर्जीवन बीमा व्यवसायको शुभारम्भ भने २०६१ मंसिर २ गते अर्थात आजदेखि गरेको थियो ।

नेपालमा गुणस्तरिय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध ब्यक्तित्वहरुको सक्रियतामा स्थापित शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकउत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम उपत्यकाभित्र तथा बाहिरका विविभन्न शाखा तथा उप शाखा मार्फत सम्पन्न गरेको छ ।

Crest

वि.सं २०६१ सालमा १५औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना को छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल निर्जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

रु. १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीले हाल शेयर पूँजी २ अर्ब ६५ करोड रुपैयाँ शेयर पूँजी पुर्याउन सफल भएको छ । आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासमा कम्पनीको महाविपत्ती जगेडा कोषमा १४ करोड ८८ लाख रुपैयाँ रहेको छ । कम्पनीको स्पेशल जगेडा कोषमा १ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ५८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले यस सुखद अवसरमा नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि १९ वर्षसम्म उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

साथै, उनले कम्पनी १९औँ वर्ष पार गरि २०औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पु-याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालक तथा कर्मचारीहरु, हाल कार्यरत सम्पूर्ण कर्मचारीहरु ,नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे ।

नेपालको निर्जिवन बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस कम्पनीले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्दै ग्राहकको पूर्ण विश्वास प्राप्त गर्न सफल यस कम्पनी एक भरपर्दो र विश्वासिलो कम्पनीको रुपमा आफ्नो ग्राहकहरुको सम्पत्तिको सुरक्षा तथा व्यवसायको विकास, विस्तार एवं शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने तर्फ अगाडी बढिरहेको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि यस्तै, साथ र विस्वास कायम राख्न सबैप्रति आग्रह गर्दै कम्पनीले अझै सरल र परिष्कृत सेवा दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

13%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS