IME Life

नेशनल हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर २२ गते शुक्रबार साधारण सभा गर्ने भएको हो । उक्त सभा डेलिस ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटारमा गर्ने जनाएको छ । कम्पनीको कार्तिक २३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश घोषणा गरेको छैन ।

कम्पनीको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९ / ०८० को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

सभामा आर्थिक वर्ष २०८० / ०८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्ध पत्रको दफा ६ को (क) र (ख) संशोधन गर्ने प्रस्ताव पेश हुनेछ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

1699584264232

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS