IME Life

बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्वारा माधव नारायण नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कार्तिक २२ गते रौतहट जिल्लाको माधव नारायण नगरपालिकासँग, नगरपालिकाको सभा हलमा सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा माधव नारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव, विशेष अतिथीको रुपमा नगर उपप्रमुख निर्मला देवी रमण, अतिथिको रुपमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव रहेका थिए ।

Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका सागर आचार्यले राखेका थिए । उक्त कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी करिब ८० जनाको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् । प्रस्तुतिकरण पश्वातको छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा र दावी भुक्तानी प्रक्रियामा जिज्ञासा राखेका थिए ।

छलफलका क्रममा अभिकर्ता र बीमकहरुले बीमितलाई दिनु पर्ने सेवा गुणस्तरीय नरहेको गुनासो व्यक्त गरे । कृषकहरुले चोरीको अवस्थामा दावी भुक्तानी नपाउने व्यवस्थामा आपत्ति जनाउदै सो सम्बन्धमा आवश्यक संशोधन गर्न सुझाव दिएका थिए । केहि सहभागीहरुले बीमा गर्दा सहजै गर्ने तर दावी भुक्तानीको समयमा सानो सानो समस्या देखाइ दावी भुक्तानी रोकेको गुनासो राखेका थिए । साथै, केहि सहभागिहरुका अनुसार कर्मचारी र अभिकर्ताहरुलाई पर्याप्त तालिम र अब्बल बनाए मात्रै गुणस्तरीय सेवा प्रवाह हुने धारणा राखेका थिए।

कार्यक्रममा जीवन बीमक र निर्जीवन बीमकका प्रतिनिधिहरुले स्थानीय भाषामा समेत बीमा सम्बन्धी जानकारी दिएका थिए । कार्यक्रमका अतिथि माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले बीमकहरु बीमालेख बिक्रिमा मात्रै केन्द्रित नभई दावी भुक्तानीलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए ।

साथै, पालिका कृषि बीमा गर्न इच्छुक रहेको हुँदा बीमकहरुलाई कृषि तथा पशुपन्छी बीमा सम्बन्धी नगरपालिकासंग समन्वय गर्न गरे । नेपाल बीमा प्राधिकरणले गरेको कार्यक्रम उदाहरणिय रहेको र अब यो अभियान प्राधिकरण, बीमक र पालिकाको साझेदारीमा गाउँ गाउँ र टोल टोल सम्म पुर्‍याई नागरिकहरुलाई सचेत र सुरक्षित गर्न अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माधव नारायण नगरपालिकाका नगर प्रमुखले बीमा वास्तवमै आवश्यक रहेको र सबैले आफ्नो जीवनको र आफ्ना सम्पत्तीहरुको बीमा गर्नु पर्ने कुरामा जोड दिदै बीमा समर्पणका लागि ३ वर्षे प्रावधानले बीमितहरु मर्कामा परेको हुँदा सो बारे आवश्यक संसोधन गर्न सुझाव दिएका थिए ।

साथै, वडाध्यक्षहरुलाई आफ्नो वडाहरुमा बीमा साक्षरता अभिवृद्धि गर्न कार्यक्रमबाटै निर्देशन दिनुका साथै, नगरपालिकाले विपन्न वर्गहरुलाई लक्षित गरी बीमा कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।

आर्थिक सहायताको थोरै रकम पनि बीमामा परिचालन गरेमा हजारौँ परिवारहरुको जीवन, सम्पत्ति र बालि नालिको जोखिम हस्तान्तरण हुने हुँदा आगामी बजेटमा बीमाको लागि रकम छुट्याउने र हालको लागि केहि रकम रकमान्तर गरी बीमाका कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

कार्यक्रम आयोजना गरी बीमा बारे स्थानीय स्तरमा जनचेतना अभिवृद्धि गर्न योगदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र नगरपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सल्लाह, सुझाव र परामर्शका लागि बीमा प्राधिकरण तत्पर रहेको ‍धारणा राखिन् ।

साथै बीमा गराउदै गर्दा सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध गरेकी थिइन् ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS