GBIME
IME Life

गोर्खा ब्रुअरीले भूकम्प पीडितका लागि गर्यो १ करोड सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लिले हालैका भूकम्प पीडितको पुनःस्थापनाका लागि नेपाल सरकारको दैवी प्रकोष कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त रकमको चेक गोर्खा ब्रुअरीका डीएमडी सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् ।

डीएमडी सुरेन्द्र सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपद्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । उनले यस अघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिहरुमा उल्लेख्य सहयोग गर्दै आएको, विशेषगरी कोरोना महामारी र २०७२ को महाभूकम्प पछि कर्पोरेटहरू मध्येबाट सबैभन्दा ठूलो सहयोग गरेको उल्लेख गरे ।

SKYWELL
Crest

यस ब्रुअरीद्वारा उत्पादित नेपालको सबैभन्दा धेरै बिक्ने र लोकप्रिय कार्ल्सबर्ग, टुबोर्ग र गोर्खा बियर जस्ता ब्रान्डहरूद्वारा नेपालमा संगीत, खेलकुद लगायत अन्य विभिन्न क्षेत्रहरूको विकासमा सहयोग पुर्याउँदै आएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS